दर्ता. न‌: २४५/०६५/०६६

सिकाई उपलब्धि मापन परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयलाइ लोक श्रीसले रकम प्रदान गर्ने

दिपेन्द्र परियार ८ फाल्गुन २०८०। बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षामा बिद्यार्थीहरु सहभागी गराएर शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयमार्फत बिद्यार्थी र बिषयगत शिक्षकलाई प्रोत्साहन रकम प्रदान गर्ने लोक श्रीसले घोषण गर्नुभएको छ ।

बरेङको वडा न ३ साग्दि का समाजसेवी शिक्षाप्रेमी ब्यक्ति लोक श्रीसले परिक्षामा सहभागी नेपाल कर्तब्य पालन प्राथमिक बिद्यालय र महेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई प्रति बिद्यार्थी रु १००।का दरले तथा बिषगत शिक्षक हरुलाई रु २०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने रेडियो बिहानी मार्फत घोषणा गर्नुभएको हो । त्यसकालागी श्रीसले दुवै बिद्यालयको बैंक खाता नम्वर समेत उपलब्ध गरादिन सम्बन्धित बिद्यालयलाई आग्रह समेत गर्नुभएको छ ।

मंगलवार सुचना जारी गर्दै बरेङगाँउपालिका शिक्षा साखाले नतिजा सार्वजनिक गरेको हो । 

शिक्षण सिकाईको गुणस्तर अभिबृद्धि गर्नकालागी बिद्यार्थिको वास्तविक सिकाई उपलब्धि मापन गर्न र भावी योजना निर्माणका लागी आधारशिला हुने भन्दै पालिकाले गत माघ २७ गते कक्षा ५ को नेपाली र कक्षा ८ को अंग्रेजी बिषयको परिक्षा लिएको थियो । 

कक्षा ५ को नेपाली बिषयमा महेन्द्र माध्यमिक बिद्यालय सुखौराबाट ८ जना सहभागी भएकामा ८ जना उत्र्तीण भएकाछन ।भने नेपाल कर्तब्य पालन प्राथमिक बिद्यालयबाट ८ जना सहभागी भएकामा ८ जना उत्तीर्ण भएका छन । दुबै बिद्यालयका लागी प्रती बिद्यार्थी  १०० दरले १हजार ६ सय  तथा बिषयगत शिक्षकलाई २०० को दरले ४०० सय गरि कुल २ हजार उपलब्ध गराउने रेडियो बिहानी सँग प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

« बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन «

» ज्ञानोदय आधारभुत विद्यालय बाटाकाचौरको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal