दर्ता. न‌: २४५/०६५/०६६

महिला सिप विकास तथा महिला अधिकार संबन्धि बरेङमा अभिमुखीकरण

भुमा मगर ।

२२ फागुन २०८० ।महिला सिप विकास तथा महिला अधिकार संबन्धि एक दिने अभिमुखीकरण तालिम बरेङ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा महिला सिप विकास तथा महिला अधिकार संबन्धि एक दिने अभिमुखीकरण तालिम बरेङ मङ्गलबार सम्पन्न भएको हो ।

कार्यक्रममा बरेङ गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता तुफान पुन, पुर्व उपाध्यक्ष दिल कुमारी पुन,सहभागीका तर्फबाट वडा नं. ३ का महिला वडा सदस्य शोभा थापा र जनचेतना आमासमुहकि कोषाध्यक्ष मैना थापाले मन्तव्य राख्नुभएको थियो ।

तालिमको सहजिकरण महिला अधिवक्ता लक्ष्मि बास्कोटा र बरेङ गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाकि प्रमुख सुक्मित घर्ति मगर पुनले गर्नुभएको थियो ।

तालिममा बरेङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हिरा बहादुर घर्ति,गाउँपालिकाकि लेखा प्रमुख संगिता शर्मा,गाउँपालिकाका महिला जनप्रतिनिधि ,आमासमुहका नेतृत्वकर्ता एवम सक्रिय महिला दिदिवहिनीहरुको सहभागिता रहेको बरेङ गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण शाखाकि प्रमुख सुक्मित घर्ति मगर पुनले जानकारी दिनुभयो ।

तालिम उपाध्यक्ष दिलिप कुमार पुनको अध्यक्षता, प्रमुख प्रसासकिय अधिकृत जित बहादुर रानाको स्वागत र गाउँपालिकाका सब इन्जिनियर कमल आचार्य, को सञ्चालनमा सम्पन्न भएको थियो ।

« जैमिनि नगरपालिकाको पैंयुथन्थापमा अचार बनाउने तालिम सुरु «

» ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal