दर्ता. न‌: २४५/०६५/०६६

शारदा माध्यमिक विद्यालय किसिमकोटमा विद्यार्थीहरुलाई झोला वितरण

भुमा मगर ।

०१ चैत २०८० ।बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित शारदा माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

विद्यालयले एक विद्यार्थी एक झोला कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

बरेङ गापा वडा नं ३ र शारदा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत २७५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा झोला वितरण गरिएको विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले जानकारी दिनुभयो ।null

कार्यक्रममा बरेङ गाउँपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको प्रमुख आतिथ्यता एवम वडा नं. ३ का वडाध्यक्ष शेर बहादुर खनालको विशिष्ट आतिथ्यता  रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा अधिकृत शर्माले बरेङ गाउँपालिकाको समग्र शैक्षिक उन्नयनका लागि गाउँपालिका हरदम तयार रहेको र विभिन्न विद्यालय तथा वडाहरुले शिक्षा क्षेत्रमा गर्ने काममा सधैं हातेमालो गरिरहने बताउनु भयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेलले स्वागत मन्तव्य सहित वडाबाट गरिब विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेकोमा खुशि व्यक्त गर्दै भविष्यमा थप शैक्षिक कार्यक्रम वडाले सञ्चालन गर्नेमा आफु पुर्ण विश्वस्त रहेको बताउनु भयो ।

वडाध्यक्ष खनालले हालै मात्र वडाभित्रका ३ विद्यालयमा सरस्वती मन्दिर निर्माण सम्पन्न भैसकेको र विद्यालयहरुको मर्जिङको अवस्था हेरेर थप विद्यालयहरुमा मन्दिर निर्माण कार्यलाई अगाडी बढाईने जानकारी गराउँदै गत शैक्षिक सत्र र हाल को शैक्षिक सत्रमा गरि एक विद्यार्थी एक झोला कार्यक्रम एक चरणमा सम्पुर्ण वडाभित्र सम्पन्न भैसकेको बताउनु भयो । साथै वडाको प्राथमिकतामा शिक्षा सबैभन्दा अगाडि रहेको समेत जानकारी गराउनु भयो ।

विद्यार्थीहरुको तर्फबाट कक्षा १० कि छात्रा वर्षा बोहोराले धन्यवाद ज्ञापन गरेकी थिईन भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले उत्कृष्ट कार्यक्रमका लागि वडा कार्यालय र सम्पुर्ण टिमलाई धन्यवाद दिंदै शिक्षाका क्षेत्रमा गरिएको लगानि नै सबैभन्दा ठुलो धार्मिक कार्य भएको र यस कार्यले वडा कार्यालयको टिमले ठुलो पुण्य प्राप्त गरेको महशुस गरेको बताउनु भयो ।

कार्यक्रममा बरेङ वडा नं.३ का वडा सदस्यहरु टेक बहादुर थापा, शोभा थापा, चन्द्र बहादुर सार्कि, शिक्षक अभिभावक संघ अध्यक्ष दुर्गा कार्कि थापा क्षेत्री, विद्यालय व्यवस्थापन समिति  तथा शिक्षक अभिभावक संघ पदाधिकारी  एवम अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ बहादुर पुनको अध्यक्षता,विद्यालयका प्रधानाध्यापक देविदत्त पौडेलको स्वागत र शिक्षक मेघराज चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

« ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास «

» बरेङका विद्युत उपभोक्तालाई विशेष अनुदानमा विद्युतिय चुलो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal