बरेङका विद्युत उपभोक्तालाई विशेष अनुदानमा विद्युतिय चुलो
विद्या मगर ।
२२ चैत २०८० ।बरेङ बजारको हुग्दिशिर धुल्लुबास्कोट सामुदायिक विद्युतिकरण उपभोक्ता समुहले विद्युतिय चुलो वितरण कार्य शुरु गरेको छ।
जि आइ जेट एण्ड डेप्ट नेपालको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको सहकार्यमा चुलो वितरण गर्न शुरु गरिएको हो।
आज पहिलो दिन बरेङ बजारमा रहेको संस्थाको कार्यालबाट माग गरेका मध्य ५ जना उपभोक्ताले चुलो लगेका छन् ।
संस्थाले चुलो लैजान इच्छुक उपभोक्तालाई आवश्यक कागजात सहित कार्यालयमा निवेदन दिन संस्थाका अध्यक्ष रुपनारायण शर्माले अनुरोध गर्नुभयो ।
विद्युतिय चुलोको दिगो बजार विकास परियोजना अन्र्तगत बरेङ बजारको हुग्दिशिर धुल्लुबास्कोट सामुदायिक विद्युतिकरण समुह बरेङमा सञ्चालित विद्युतिय चुलो प्रवद्धन कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध उपभोक्ताहरुका लागी ट्रान्समिटरको क्षमता अनुसार कुल २५८ वटा विद्युतिय चुलो वितरण गर्न लागिएको हो।
चुलो वितरण गर्दै अध्यक्ष शर्माले विद्युतिय चुलो प्रयोग गर्नुका फाइदाहरु, प्रयोग गर्ने तरिकाबारे जानकारी गराउनुभएको थियो
बिद्युतिय चुल्होले दाउरा अथवा अन्य ईन्धन प्रयोग घटाउने हुदा यसले दाउराकै लागी हुने बन फडानी तथा यसबाट हुने रोगहरुबाट बचाउने अध्यक्ष शर्माको भनाई छ ।
« शारदा माध्यमिक विद्यालय किसिमकोटमा विद्यार्थीहरुलाई झोला वितरण «
» बरेङ्ग–४ सल्यान, थप्लुङ लाई स्वावलम्बन नमुना गाउँ विकासका लागि आधारभुत सर्वेक्षण सम्पन्न »