प्रगति युवा कल्ब दलेङको २१ औ बार्षिकोत्सब सम्पन्न ः सबै प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण
दिपेन्द्र परियार ३ फागुन ०७७ ।प्रगति युवा कल्ब बरेङ गाँउपालिका २ दलेङको २१ औ बार्षिकोत्सब बिभिन्न खेलकुद तथा मनोरञ्जनात्क कार्यक्रमका साथ सम्पन्न भएको छ ।
माघ २८ बाट सुरु भएको कार्यक्रम आईतबार सम्पन्न भएको कल्बका अध्यक्ष यम बहादुर थापाले बताउनु भयो ।
बार्षीकोत्सब को अबसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा सप्तरंगी युवाकल्ब बरेङ २ बराहकोट प्रथम आयोजक द्धितिय मिलिजुलि युवाकल्ब बाटाकाचौर खाल्ले तिर्तिय तथा सिमाना खेलकुद बिकास मञ्च दाउन्ने सान्त्वना भएका छन ।
बिजेता टिमलाई क्रमस ५ हजार बोका तिनबर्षे स्वर्गिय मायादेबि स्मृति रनिङ कप ट्रफि मेडल,र प्रमाण पत्र,३ हजार ट्रफि मेडल,र प्रमाण पत्र,तिर्तिय हुने टिमलाई २ हजार बोका ट्रफि मेडल,र प्रमाण पत्र ,शान्त्वना हुने टिमलाई ४ हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै भुपु भलिबल प्रतियोगितामा पुन खेलकुद गेरढुङगा बिजेता बनेको छ भने आयोजक टिम उपबिजेता भएको छ ।बिजेता र उपबिजेता टिमलाई पुरस्कार स्वरुप क्रमस २५ सय र लोकल भाले ,उपबिजेतालाई १५सय प्रदान गरिएको छ ।
त्यस्तै हाजिरि जवाफ प्रतियोगितामा कुल ७ टिमले सहभागिता जनाएकोमा भृकुटि मा.बि प्रथम ,सर्बोदय मा.बि. द्धितिय तथा तृतिय भएको छ ।
खुल्ला नृत्य प्रतियोगितामा सप्तरंगी युवा कल्ब प्रथम, मिलिजुली सास्कृतिक मञ्च द्धितिय,सर्बोदय माबि ए तिर्तिय तथा सर्बोदय माबि बि सान्त्वना भएका छन ।
कार्यक्रममा बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुन,वडा न २ का अध्यक्ष गुप्त प्रसाद काला थापा लगाएतले मन्तब्य राख्नु भएको थियो ।