माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न ।
२२ पौष २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ अन्र्तगतको माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न भएको छ । वडाको बराहकोट र बरेङ बजारलाई सकनेरि तथा भेडिखोर हुर्दै जोड्ने मोटरबाटो निर्माण आईतबार मध्यान्ह सम्पन्न भएको हो ।
सडक खण्ड अन्र्तगतको निर्माण गत बर्ष माईकाथान देखि धुस सम्म सम्पन्न भएको थियो । निर्माण सम्पन्न गर्न बाँकी सडक अन्र्तगत प्रथम चरणमा खहरे खोला देखी सक्नेरी सम्म र दोस्रो चरण अन्र्तगत बरेङ बजार देखि सक्नेरी सम्मको ट्रयाक खोेलिए पछि सडक निर्माले पुर्णता पाएको हो ।
बरेङ गाँउपालिकाले यस बर्ष बिनियोजन गरेको ८ लाख ५० हजार बजेट सडक जोड्नका लागी अपुग भएपछि गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा तथा १ र २ नं. वडा अध्यक्ष द्वय नरसेङ पुन र गुप्त प्रसाद काला थापाको रोहबरमा बरेङ गाँउपालिकाले थप १ लाख ६६ हजार बजेट बिनियोेजन गरेपछि निर्माण सम्पन्न भएको माईकाथान सकनेरी बरेङ सडक उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर थापाले बताए ।
सडक निर्माको काम यहि पौष ३ गते देखि शुरु गरिएको थियो । सडक निर्माण सम्पन्न भए संगै बराहकोट, बरेङ बजार, धुल्लुबाँस्कोट लगायतका जनता लाभान्वित हुनुका साथै सुदला बरेङ जोड्ने सबैभन्दा छोटो ट्रयाक हुने बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
« मनकामना सिग्दीको माघी मेला–२०७५ को तैयारी अन्तिम चरणमा । «
» सर्बोदय क्याम्पसमा स्वबियु द्वारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत । »