बरेङ शान्तिपुर सडक दिनको २ घण्टा मात्रै खुल्ने‚ लिउँवा बास्कोट सडक १० दिन बन्द
दिपेन्द्र परियार ०५ फाल्गुन २०८१बरेङको वडा न १ धुल्लुवास्कोटको लिउवा देखी बास्कोट जोड्ने बाटो १० दिनका लागी पूर्ण रुपमा बन्द भएको छ ।
धुल्लु् लिउवा मावि नजिक भीरमा बाटो ढलान कार्य सुरु भएकाले यही फाल्गुन १५ गते सम्मका लागी सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको बाटो निर्माण समितिका अध्यक्ष नेत्र बहादुर थापाले बताउनु भयो । भीरको पहरा काट्ने र ढलान गर्ने कार्य भएकाले यो बाटोमा चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न समितिले आग्रह गरेको छ । त्यसै बरेङ गाउँपालिका ३ बाटाकाचौरको नयाँ बजारमा समेत पहरा काटेर बाटो ढलान कार्य भैरहेकाले बरेङ देखी दाउन्ने नयाँबजार हुदै शान्तिपुर चल्ने सवारी साधनहरूलाई बिहान ९ बजे देखी १० सम्म र दिउँसो ४ देखी ५ वजे सम्म बाटो क्रस गरिसक्न गगन बिल्डर्सले अनुरोध गरेको छ । अन्य समयमा यो बाटो पनि पूर्ण रुपमा वन्द रहने छ ।
« बरेङको पुरुषोद्धय माध्यमिक विद्यालयको शैक्षिक भ्रमण सुरु ः काहाँ जादैछन विद्यार्थी ? «
» बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव सुरु »