बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव सुरु
दिपेन्द्र परियार ०५ फाल्गुन २०८१
बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव तथा अभिभावक दिवसको उद्घाटन भएको छ ।
आज सोमवार कार्यक्रमका प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले ब्यानर पढेर वाषिर्कोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्नुभएको हो ।
७५ औ प्रजातन्त्र दिवसको अवसर पारी यही फाल्गुन ७ गते सम्म बिभिन्न प्रतियोगिताहरू सहित वाषिर्कोत्सव मनाउन लागेको विद्यालयले जानकारी दिएको छ ।
उद्घाटन कार्यक्रम सर्वोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता‚ विद्यालयका शिक्षिका पार्वता भुसालको स्वागत ‚र शिक्षक टोमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यालयले वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा आन्तरिक सदनात्मक प्रतिस्पर्धात्मक एवम् मनोरञ्जनात्मक प्रतियोगिताहरूको आयोजना गरेको छ । औपचारिक कार्यक्रम उद्घाटन पश्चात आजनै अन्तर सदनात्मक भलिबल प्रतियोगिताको समेत प्रमुख अतिथि शर्माले खेलाडीलाई भलिबल प्रदान गरेर खेलको शुभारम्भ गर्नुभएको थियो ।
वाषिर्कोत्सव को अवसरमा आयोजना गरिएको कक्षा ९ देखी १२ सम्मको १५ सय मिटर दौड प्रतियोगिता छात्र तर्फ कक्षा १२ का सहनशील थापा प्रथम‚ कक्षा ९ का अनिल बस्नेत दोस्रो कक्षा ९ का श्यामलाल पौडेल तेस्रो बनेका छन । त्यस्तै ८ सय मिटर दौडमा कक्षा १२ का सहनशील थापा प्रथम‚ कक्षा ९ का सन्देश पुन दोस्रो कक्षा ९ का अनिल बस्नेत तेस्रो बनेका छन ।
४ सय मिटर दौडमा कक्षा १० का रिसिराम गिरि प्रथम ‚कक्षा ११ का सुरज पौडेल दोस्रो तथा कक्षा ९ का प्रदिप थापा तेस्रो बन्न सफल भएका छन ।
छात्रा तर्फ १५ सय मिटर दौड प्रतियोगितामा कक्षा १० की सुजन गिरि प्रथम‚ कक्षा ११ की टिका गिरि दोस्रो तथा कक्षा ११ की अनुसा खत्री तेस्रो बन्न सफल भएकी छन ।
८ सय मिटर दौडमा कक्षा ९ की मुना थापा प्रथम ‚कक्षा ११ की रेखा श्रीस दोस्रो तथा कक्षा ९ की सचिना गिरि तेस्रो बन्न सफल भएकी छन ।
४ सय मिटर दौडमा कक्षा ११ की अनुसा खत्री प्रथम‚ कक्षा १२ की रञ्जु राना दोस्रो बन्न सफल भएकी छन ।
कक्षा ६ देखी ८ सम्मको छात्र तर्फ १५ सय मिटर दौड प्रतियोगितामा कक्षा ७ का सागर थापा प्रथम‚ कक्षा ७ का मौसम थापा दोस्रो ‚कक्षा ८ का सचिन क्षेत्री तेस्रो बन्न सफल भएको छन ।
८ सय मिटर दौडमा कक्षा ७ का सागर थापा प्रथम ‚कक्षा ७ कै मौसम थापा दोस्रो ‚ कक्षा ७ का सफल थापा तेस्रो बन्न सफल भएका छन ।
४ सय मिटर दौडमा कक्षा ७ का सफल थापा प्रथम ‚कक्षा ६ का अनिल थापा दोस्रो तथा कक्षा ८ का शीतल थापा तेस्रो बन्न सफल भएका छन ।
कक्षा ६ देखी ८ सम्मको छात्रा तर्फ १५ सय मिटर दौड प्रतियोगितामा कक्षा ६ की रोशनी गिरि प्रथम‚ कक्षा ६ की झरना गिरि दोस्रो ‚ कक्षा ७ की रोसीका गुरुङ तेस्रो बनेकी छन ।
८ सय मिटर दौडमा कक्षा ६ की रोशनी गिरि प्रथम‚ कक्षा ६ की झरना गिरि दोस्रो तथा कक्षा ७ की रोसीका गुरुङ तेस्रो बनेकी छन ।
४ सय मिटर दौडमा कक्षा ६ की झरना गिरि प्रथम ‚कक्षा ६ की रिया पुन दोस्रो तथा कक्षा ७ की जेनिसा थापा तेस्रो बन्न सफल भएका छन ।
कक्षा ६ देखी ८ सम्मको छात्र तर्फ हाइजम्प प्रतियोगितामा कक्षा कक्षा ७ का अङ्कित थापा प्रथम ‚ कक्षा ८ का सचिन क्षेत्री दोस्रो ‚ कक्षा ८ कै अरुण थापा तेस्रो बन्न सफल भएका छन ।
छात्रा तर्फ कक्षा ७ की सिजन क्षेत्री प्रथम कक्षा ८ की रासी पुन दोस्रो तथा कक्षा ८ की दुर्गा बहिक तेस्रो बन्न सफल भएका छन ।
कक्षा ९ देखी १२ सम्मको हाइजम्प छात्र तर्फ कक्षा ९ का सुरेश परियार प्रथम ‚कक्षा ९ का किस्मत थापा दोस्रो तथा कक्षा ११ का सुशील गुरुङ तेस्रो बन्न सफल भएका छन ।
त्यस्तै छात्रा तर्फ कक्षा १० की लीला थापा प्रथम‚ कक्षा १० की सङ्गीता पुन दोस्रो तथा कक्षा १० की सम्झना गिरि तेस्रो बन्न सफल भएकी छन ।
कक्षा ६ देखी ८ सम्मको लङजम्प छात्र तर्फ कक्षा ७ का सफल थापा प्रथम ‚ कक्षा ७ का मौसम थापा दोस्रो तथा कक्षा ७ का मनिष क्षेत्री तेस्रो बन्न सफल भएका छन ।
छात्रा तर्फ कक्षा ६ की रोशनी गिरि प्रथम ‚ कक्षा ८ की रासी पुन दोस्रो तथा कक्षा ८ की दुर्गा बहिक तेस्रो बन्न सफल भएकी छन ।
कक्षा ९ देखी १२ सम्मको छात्र तर्फ लङजम्प प्रतियोगितामा कक्षा ११ का पदम थापा प्रथम ‚ कक्षा १० सिसिर थापा दोस्रो तथा कक्षा ९ का किस्मत थापा तेस्रो बन्न सफल भएका छन ।
छात्रा तर्फ कक्षा ११ टिका गिरि प्रथम कक्षा १० की लीला थापा दोस्रो तथा कक्षा ११ की सम्झना गिरि तेस्रो भएकी छन ।
कक्षा ४ र ५ को अन्ताक्षरी प्रतियोगितामा सगरमाथा सदन प्रथम‚ माछापुच्छ्रे सदन दोस्रो तथा धौलागिरी सदन तेस्रो बन्न सफल भएका छन ।
कक्षा १ देखी ३ सम्मको वाक्य मिलाउने प्रतियोगितामा कक्षा ३ की जेनी थापा प्रथम‚ कक्षा २ की निस्मा पौडेल दोस्रो तथा कक्षा २ की आरोही छन्त्याल तेस्रो बन्न सफल भएका छन ।
वाल कक्षा तर्फ अक्षर टिपाई प्रतियोगितामा मिसन भुसाल प्रथम‚ सुस्मीता पुन दोस्रो तथा अनुश्का पुन तेस्रो बन्न सफल भएका छन । विजेता सबै विद्यार्थीहरूलाई कार्यक्रमका अध्यक्ष टुक बहादुर पुन तथा प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले पुरस्कार समेत बितरण गर्नुभएको थियो ।
कक्षा ९ देखी १२ सम्मको छात्र छात्रा सदनात्मक भलिबल प्रतियोगिता र अन्य आन्तरिक खेलहरू जारी रहेको विद्यालयका सूचना अधिकारी गम बहादुर थापा ले जानकारी दिनुभयो ।
त्यस्तै विद्यालयको वाषिर्कोत्सव समारोहको अवसर पारेर जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ शाखा बरेङ बागलुङको ग्रेडिङ तथा सेमिनारको समेत उद्घाटन गरिएको छ । बरेङ गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको डोजो प्रशिक्षक हिरा बहादुर पुनले बताउनुभयो ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रेम थापा‚ सेन्टर डोजो प्रशिक्षक होम गुरुङ‚ प्रशिक्षक हिरा बहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।
भोलि मङ्गलवार बिहान ७ वजे सर्वोदय माध्यमिक विद्यालयमा बरेङ गाउँपालिका भरिका कराते खेलमा सहभागि खेलाडीको ग्रेडबृद्धि कार्यक्रम हुने सेन्टर प्रशिक्षक गुरुङले बताउनु भयो । कार्यक्रमकाे अन्तिमदिन फाल्गुन ७ गते बागलुङ जिल्ला क्षेत्र न १ का सासंद चित्र बहादुर केसी ,बागलुङ जिल्ला क्षेत्र न १ (ख) का गणडकी प्रदेश सांसद डिल्लीराम सुवेदी र गण्डकी प्रदेश समानुपातिक सांसद कुसुम बुढा र लिला बहादुर थापाले सम्वाेधन गर्ने सूचना अधिकारी गम बहादुर थापाले बताउनुभयो ।
« बरेङ शान्तिपुर सडक दिनको २ घण्टा मात्रै खुल्ने‚ लिउँवा बास्कोट सडक १० दिन बन्द «
» बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न :पुँजीगत खर्च बढ्यो »