दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न :पुँजीगत खर्च बढ्यो

दिपेन्द्र परियार ०६ फाल्गुन २०८१ 
बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । 
मङ्गलवार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण‚ बजेट व्यवस्थापन‚ र समग्र कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।

 गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले विकास निर्माणलाई प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिहरू र कर्मचारीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। कार्यक्रममा पालिकाका सबै विषयगत शाखा प्रमुख हरूले चालु आर्थिक वर्षको पौष मसान्त सम्मको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागी वाट उठेका प्रश्नको जवाफ दिएका थिए । 

चालु आर्थिक वर्षको छ महिनामा बरेङ गाउँपालिकाले पुँजीगत तर्फ २७ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ भने चालु तर्फ ३५ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत खड्क विकले कानुनअनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। बजेट व्यवस्थापन र विकास योजनाहरूमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।समीक्षा कार्यक्रममा पालिकाका ५ वटै वडाध्यक्षहरू तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।गाउँपालिकामा उत्कृष्ट कार्य प्रदर्शन गर्ने वडा न ५ का अध्यक्ष अमर सेर्पुजा तथा वडा सचिव नरेन्द्रराज जोशी तथा उत्कृष्ट राजस्व सङ्कलन गर्ने वडा न १ का अध्यक्ष नरसेङ पुन तथा सचिव देवराज पौडेललाई सम्मान गरिएको छ।

समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी खर्च व्यवस्थापन‚ विकास निर्माणको प्राथमिकता‚ कानुनी प्रक्रियाको पालना‚ वडास्तरका प्रतिनिधिहरूको सक्रिय सहभागिता लगायत विषयमा छलफल भएको थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि‚ कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बरेङ गाउँपालिकाका रोजगार शाखा प्रमुख तथा सूचना अधिकारी केशवराज क्षेत्रीको स्वागत‚ शिक्षा शाखा प्राविधिक विष्णु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

« बरेङको सर्वोदय माध्यमिक विद्यालयको ६४ औ वाषिर्कोत्सव सुरु «

» सर्बोदय माध्यमिक बिधालयको ६४औं बार्षिकोत्सब सम्पन्न, राणा शासन हटेर प्रजातन्त्र आएको ७५ बर्ष कटेपनि शासकहरुको शासन शैलिमा अझै फेरबदल नआएको प्रमुख अतिथि केसिको भनाई । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal