दर्ता. न‌: २४५/०६५/०६६

सर्बोदय माध्यमिक बिधालयको ६४औं बार्षिकोत्सब सम्पन्न, राणा शासन हटेर प्रजातन्त्र आएको ७५ बर्ष कटेपनि शासकहरुको शासन शैलिमा अझै फेरबदल नआएको प्रमुख अतिथि केसिको भनाई ।

शेखर थापा । २०८१ फागुन ७ । 

बरेङ गाँउपालिका २ बरेङ बजारमा अवस्थित सर्बोदय माध्यमिक बिधालयको ६४औं बार्षिकोत्सब सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिबशको अबसर पारि बुधवार मुल समारोह सहित कार्यक्रम सम्मपन्न भएको हो ।

कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नं. १ का संघिय सासंद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले राणा शासन हटेर प्रजातन्त्र आएको आज ७५ बर्ष कटेपनि शासकहरुको शासन शैलिमा अझै फेरबदल नआएको बताउनु भयो । शिक्षा र स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रहरुमा राज्यले जिम्मा नलिई व्यपारिहरुको कब्जामा गएकाले जनताले सास्ति व्यहोर्न परिरहेको केसिको भनाई छ । फरक प्रशंगमा केसिले संघियताको बाहाना तथा आवरणमा शक्ति राष्ट्रहरुले नेपालमा चलखेल गरिरहेको र देशलाई कमजोर बनाईरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बागलुङ क्षेत्र नं. १ ख का प्रदेश सासंद डिल्लिराम सुबेदिले शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक तथा बिधार्थी बिचको तिन खम्बा ब्यालेन्स हुनुपर्ने बताउदै अब आउने समय थप चुनौति पुर्ण हुने हुंदा थप सर्तक हुन तथा अबसर छोप्न बिधार्थी हरुलाई सुझाब दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले युवाहरुलाई बिदेश पलायन बाट रोक्न शैक्षिक संस्थाहरु बाटै बिषेश पहल गरिनुपर्ने बताउनु भयो । शैक्षिक गुणस्तर बृद्धि गर्न पहिलो भुमिका अभिभावकको रहने त्यसपछि मात्र बिधालय व्यवस्थापन समिति र शिक्षकको रहने हुदा संबन्धितहरुले बिषेश ध्यान दिनुपर्ने जिसस प्रमुख थापाको भनाई छ ।

समग्र संघ संस्था तथा शैक्षिक संस्थाहरुको तर्फबाट सर्बोदय क्याम्पस प्रमुख फूलकुमारि शर्माले मन्तब्य राख्नुभएको कार्यैक्रममा बिधलयका प्रधानाध्यापक चित्र थापाले ७४ लाख ३२ हजार ७४४ रुपैया नगद मौज्दात सहितको प्रगति तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम बिधालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर पुनको अध्यक्षता, शिक्षक टोमनाथ शर्माको स्वागत तथा शिक्षक ओमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

३ दिन सम्म सञ्चालन भएको कार्यक्रममा बिधालयले बिबिध साँकृतिक तथा खेलकुद तथा बौद्धिक कार्यक्रमहरू आयोजना गरेको थियो ।

« बरेङ गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न :पुँजीगत खर्च बढ्यो «

» साउन देखी फाल्गुन सम्म २ सय १० जनाले बरेङ छोडे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal