दर्ता. न‌: २४५/०६५/०६६

साउन देखी फाल्गुन सम्म २ सय १० जनाले बरेङ छोडे

दिपेन्द्र परियार २०८१  फाल्गुन ०८ ।

चालु आर्थिक वर्षको माघ मसान्त सम्म बरेङ बाट २ सय १० जना बसाइसराइ गरि गएका छन ।

पालिकाको ५ वटै वडा बाट कुल ५५ घर परिवार ले बसाइँसराई गरेर अन्य ठाउमा गएका हुन ।

सबै भन्दा धेरै वडा न १ धुल्लुवास्कोट वाट १३ घर परिवारका ५८ जना र सबै भन्दा कम वडा न ५ सुखौराका ६ घर परिवारका २० जना ले बसाइँसराइ लिएर गएका बरेङ गाउँपालिकाकाले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ  ।

वडा न २ हुग्दिसिर वाट १० घर परिवारका ४१ जना‚ वडा न ३ वाटाकाचौरवाट १५ घरपरिवारका ४७ जना ‚वडा न ४ सल्यानबाट ११ घरपरिवारका ४४ जनाले बसाइसराइ लिएर गएका छन । भने बाहिरबाट १२ जना बसाइँसराई लिएर आएका छन । वडा न २ हुग्दिसिरमा २ परिवारका २ जना ‚वडा न ४ सल्यानमा ४ परिवारका ९ जना बसाइसरेर आएका छन ।

रोजगारीको खोजी वा व्यापारका अवसरहरू पाउनको लागि‚‚ उच्च शिक्षा वा विशेष प्रशिक्षण प्राप्त गर्नको लागि‚  विवाह वा परिवारसँग बस्नको लागि र  उच्च गुणस्तरीय स्वास्थ्य  सेवा भएका ठाउँमा बसाइ सर्ने गरेको  बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीले बताउनु भयो ।