बागलुङको बरेङ गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षाको सम्पूर्ण तयारी पूरा‚ जम्मा ५९२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै
दिपेन्द्र परियार ०९ । फाल्गुन २०८१बागलुङको बरेङ गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
आज शुक्रवार सूचना जारी गर्दै पालिकाले भोलि सञ्चालन हुन गैरहेको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । उपलब्धि मापन परीक्षामा कक्षा ५ को अङ्ग्रेजी‚ कक्षा ८ को विज्ञान र कक्षा १० को गणित विषयको परीक्षा सञ्चालन हुने बरेङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माले बताउनुभयो ।
परीक्षामा कक्षा ५ का विद्यार्थी १८८ कक्षा ८ का २०५ र कक्षा १० का १८९ गरी जम्मा ५९२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्‚ परीक्षा ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।
जसअनुसार पालिका भरिमा जम्मा ५ केन्द्रहरू निर्धारण गरिएको बताउँदै शर्माले सबै केन्द्राध्यक्षहरूलाई प्रश्नपत्र र उत्तरपुस्तिका हस्तान्तरण गरिएको बताउनु भयो । सबै विद्यालयहरूले विद्यार्थीहरूलाई १ जना शिक्षक सहित १० बजेनै तोकिएको परीक्षा केन्द्रमा पुर्याउन र परीक्षा मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न पालिकाले अनुरोध गरेको छ ।
« साउन देखी फाल्गुन सम्म २ सय १० जनाले बरेङ छोडे «
» भृकुटी माध्यमिक विद्यालयका कराते खेलाडी विद्यार्थीलाई बेल्ट र प्रमाणपत्र प्रदान »