भृकुटी माध्यमिक विद्यालयका कराते खेलाडी विद्यार्थीलाई बेल्ट र प्रमाणपत्र प्रदान
बरेङ गाउँपालिकाको भृकुटी माध्यमिक विद्यालयमा सञ्चालित कराँते जापानिज केन्यु काइ गोजु रियो को प्रशिक्षणमा सहभागी कराँते खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ ।
गत फागुन ६ गते बरेङ डोजोमा भएको प्रतिस्पर्धामा उत्तीर्ण भइ विभिन्न बेल्ट र प्रमाणपत्र प्राप्त गर्न सफल विद्यार्थीहरू र शिक्षकलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा विशिष्ट अतिथि हिरा पुनले त्यस क्षेत्रमा कराँतेको पृष्ठभूमि‚ भावी चुनौती र सम्भावनाबारे प्रकाश पार्दै खेलसँगै अध्ययन अध्यापन र अनुशासन cem} महत्वपूर्ण हुने सुझाउँदै सबैमा आभार र बधाई प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा कराते खेलाडी शिक्षक सुन्दर श्रेष्ठ र छात्रा सविता क्षेत्रीलाई ब्लु बेल्ट‚ विद्यार्थीहरू सुष्मा क्षेत्री‚ तिर्सना थापा‚ झरना बस्याल‚ प्रवीन थापा लाई ग्रीन बेल्ट‚ साथै निवास थापा‚ सन्दीप रूचाल ‚ बिरेन्द्र क्षेत्री‚ पृन्स केसी‚ इन्द्रा क्षेत्री‚ प्रवीन थापा लाई येल्लो बेल्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रम सञ्चालक तथा भृकुटी डोजोका व्यवस्थापक शिक्षक सुन्दर श्रेष्ठले केन्यु काई गोजुरियो कराँतेको पृष्ठभूमि र अर्थबारे औँल्याउँदै सिकाइ कहिले नसकिने प्रक्रिया भएको हुनाले सीप र कला सिक्नमा बिना कुनै हिच्किचाहट जुनसुकै उमेरमा पनि सिक्न तत्पर रहनु पर्ने बताउनु भयो । खेलले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त राख्न सहयोग गर्ने बताउनुभयो।
त्यस्तै सभाध्यक्ष विष्णु बहादुर क्षेत्रीले डोजो र प्रशिक्षणले भृकुटी माविले बरेङ गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते तर्फका सबै विधाहरूमा सहभागी भइ कुल १२ मा शतप्रतिशत पदक दिलाउन सफल भएको मा सबैलाई धन्यवाद सहित बधाई ज्ञापन गर्नुभयो । विद्यालयमा खेल गतिविधिलाई समेत चलायमान गराएकोमा सबै खेलाडी विद्यार्थीमा अभार सँगै थप सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भृकुटी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विष्णु बहादुर क्षेत्रीको अध्यक्षता‚ अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हेम गुरुङको प्रमुख आतितथ्यता साथै प्रशिक्षक गुरु हिरा पुनको विशिष्ट आतिथ्यता सँगै विद्यालयका सबै शिक्षक कर्मचारी‚ अभिभावकहरूको आतिथ्यता रहेको थियो । शिक्षक सोनम थापा मगरको प्राविधिक व्यवस्थापन र शिक्षक सुन्दर श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।