दर्ता. न‌: २४५/०६५/०६६

बरेङ बजारमा दिशा पिसाव गर्न झाडि खोज्नु पर्ने अवस्था

दिपेन्द्र परियार ११ फाल्गुन २०८१।  बरेङ बजार स्थित सार्वजनिक शौचालयमा पानीको प्रबन्ध नहुँदा प्रयोग विहिन भएका छन ।

बरेङ गाउँपालिका‚नेपाल सरकार र बिभिन्न परियोजना बाट लाखौ रकम खर्चेर निर्माण गरिएका पक्की शौचालयहरू उचित संरक्षणको अभावमा दुर्गन्धित एंब प्रयोग गर्न नमिल्ने भएका हुन ।झण्डै साढे २ लाखको लागतमा २०७१ सालमा निर्माण सम्पन्न बरेङ बजारको सर्बोदय माध्यमिक विद्यालयको गेटनिरको शौचालय प्रयोग गर्नै नमिल्ने अवस्थामा छ ।

 शौचालयमा पानीको ब्यवस्था नहुँदा फोहोर र दुर्गन्धित छ । शौचालयको छतमा ट्याङ्की छ तर त्यो देखाउन मात्रै राखिएको छ पानी जोडिएको छैन । ओख्रेनी बाट उपचार गर्न बरेङ आउनु भएका एक महिलाले शौचालय प्रयोग गर्न नमिल्ने भएपछि स्थानीयको घरको शौचालय प्रयोग गर्नुपरेको बताउनु भयो ।

झण्डै ७ लाखमा निर्माण सम्पन्न बरेङ बजारको उत्तर तर्फको सार्वजनिक शौचालय पनि बेवारिसे बनेको छ । महिला र पुरुषका लागी छुट्टा छुट्टै शौचालयको ब्यवस्था सहित सानोतीनो व्यवसाय समेत गर्न मिल्ने गरि थप कोठा रहेको यो शौचालयमै पनि पानी मात्र हैन पानीको ट्याङ्की समेत उखेलेर फालिएको छ  । 

पानीको अभावमा शौचालय प्रयोग गर्न नसकेको बाटो हिँडिरहेका लिउवाका एक बटुवाले बताउनु भयो । त्यतिमात्रै होइन निकै तामझाम का ५ लाख ५२ हजार ९ सय ७६ रुपैयाँ ४९ पैसामा निर्माण सम्पन्न बरेङ फनपार्कको शौचालय पनि पानीकै अभावमा प्रगोग गर्नै नमिल्ने अवस्थामा रहेको छ । 

सरकारी ढुकुटी बाट बनेका सार्वजनिक महत्वका संरचनाहरूको स्थानीयले अपनत्व ग्रहण गर्न नसक्दा योजनाहरू अलपत्र पर्ने गरेका छन ।  

« भृकुटी माध्यमिक विद्यालयका कराते खेलाडी विद्यार्थीलाई बेल्ट र प्रमाणपत्र प्रदान «

» बरेङका २ हजार ४५ पशुहरूलाई विभिन्न खोप »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal