बरेङका २ हजार ४५ पशुहरूलाई विभिन्न खोप
दिपेन्द्र परियार ११ फाल्गुन २०८१ । बरेङमा सञ्चालित पशुमा पूर्ण खोप अभियान कार्यक्रम अन्तर्गत पालिकाका कुल २ हजार ४५ पशुहरूलाई विभिन्न खोप प्रदान गरिएको छ ।
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको आयोजना तथा बरेङ गाउँपालिकाको समन्वयमा गत शुक्रवार देखी पालिकाको वडा न २ हुग्दिसिर र बाटाकाचौरका १ हजार २५० बाख्रालाई पीपीआर ६५० गाईभैंसी लाई खोरेत विरुद्धको‚ ४५ कुकुरलाई रेबिज विरुद्धको तथा १०० वटा बङ्गुरलाई क्लासिक स्वाईन फिभर विरुद्धको खोप लगाइएको हो ।
वडा न ३ बाटाकाचौरमा ७०० बाख्रामा पीपीआर खोप लगाइएको छ २५० वटा गाई भैँसी लाई ९एफ एम डि० खोरेत विरुद्धको खोप लगाइएको तथा २५ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
त्यस्तै वडा न २ हुग्दिसिरमा ५५० बाख्रामा पीपीआर खोप लगाइएको छ । ४०० वटा गाई भैसीलाई एफ एम डि खोरेत विरुद्धको खोप लगाइएको छ ।३० कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ भने १०० वटा बङ्गुरलाई क्लासिकल स्वाइर्न फिभर विरुद्धको खोप लगाइएको छ । बरेङ गाउँपालिकामा ५ जना खोपकर्ताको २ टोली बनाएर परिचालन गरिएको बरेङ गाउँपालिकाका पशुसेवा शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो ।
खोप चैत्र ९ गते सम्म लगाइने जानकारी दिदैँ आफ्ना पशु चौपायालाई ढुक्क भएर खोप लगाउन पौडेलले अनुरोध गर्नुभएको छ ।
« बरेङ बजारमा दिशा पिसाव गर्न झाडि खोज्नु पर्ने अवस्था «
» ज्ञानोदय आधारभूत विद्यालय को ६९औ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न। »