ज्ञानोदय आधारभूत विद्यालय को ६९औ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न।
१३ फागुन २०८१ ।बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयको ६९ औँ जन्मोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रमहरू सहित सम्पन्न भएको छ।
विद्यार्थीतर्फ कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको नृत्य, सदनात्मक खेलकुद कार्यक्रम,कक्षा १ –३ स्तरीय हिसाब दौड प्रतियोगितामा प्रथम कृष्मा पौडेल, द्वितीय रिपिन पौडेल, तृतीय आईसा खत्री,कक्षा ४–५ स्तरीय बेलुन नाच प्रतियोगितामा प्रथम स्थान रोहित मगर र आईस्मा खत्री,कक्षा ६– ८ स्तरीय गिअपथ धष्ललभच प्रतियोगितामा सुशान सुवेदी ले प्रथम स्थान प्राप्त गरेका छन भने अभिभावकतर्फ लिग्दी आमा समूह, महिला जागरण आमा समूह धनमुडा, नवजागरण एकता समाज धनमुडा बाट लोक भजन र ठाडो भाका सालैजो प्रस्तुत गरिएको थियो। त्यस्तै बरेङ गाउँपालिका वडा नम्बर ३ भजन समूह बाट लोक भजन प्रस्तुत गरिएका थिए भने अभिभावक हरूको नृत्य प्रस्तुति थियो। त्यसैगरी उक्त कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरूको तर्फबाट लोक नृत्य प्रस्तुत गरिएको थियो।
६९ औँ वार्षिक जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका प्रधानाध्यापक मदनबहादुर कार्कीबाट आर्थिक वर्ष २०८०÷८१को प्रगतिप्रतिवेदन, शैक्षिक सत्र २०८१ को हालसम्मको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। साथै विद्यालयले सञ्चालन गरेका असल अभ्यासहरू र आवश्यकताका सूची सहित आगामी कार्य योजना र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
उक्त समारोहमा विद्यालयलाई सहयोग गर्ने सहयोगदाता सम्मान सहित सरस्वतीको मन्दिरमा आफ्नो स्वर्गीय श्रीमती गंगा खनाल को स्मृतिमा सरस्वतीको मूर्ति स्थापना गर्नुहुने वडा नम्बर ३ का वडा अध्यक्ष शेरबहादुर खनाल लाई सम्मान गरिएको थियो। साथै कार्यसम्पादनको आधारमा विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तबहादुर थापा, विद्यालयलाई सहयोग प्रदान गर्ने शिक्षक मञ्जु शर्मा, शिक्षक दीक्षा बुढाथोकी र शिक्षक किरण शर्मा साथै यस वर्षको शैक्षिक पक्षतर्फ उत्कृष्ट शिक्षकको रुपमा शिक्षक अमृत न्यौपाने र विद्यालयका विविध गतिविधितर्फ शिक्षक चन्द्रमणि सुवेदी लाई सम्मानित गरिएको थियो।
उक्त समारोहलाई प्रमुख अतिथिको तर्फबाट बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन, विशिष्ट अतिथि बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडग बि.क., बरेङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य शेरबहादुर खनाल क्षेत्री, बरेङ गाउँपालिकाका शिक्षा अधिकृत सूर्यप्रसाद शर्मा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष एवं वडा सदस्य टेकबहादुर थापा, पूर्व प्रधानाध्यापक केहर सिंह थापा , पूर्व प्रधानाध्यापक युवराज न्यौपाने, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेल, बाल विकास आधारभूत विद्यालयका प्रधानाध्यापक लीलाधर शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तबहादुर थापा ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा सबै वक्ताहरूले विद्यालयका शैक्षिक आर्थिक भौतिक र सामाजिक पक्षहरूको खुलेर प्रशंसा गर्नुभएको थियो। भने आफ्नो तर्फबाट संस्थागत किसिमले आवश्यकताका आधारमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
उपस्थित प्रमुख अतिथि विशिष्ट अतिथि ज्यूहरूलाई विद्यालय मार्फत मायाको चिनो र लोक भजन र ठाडो भाका टोलीलाई विद्यालयको तर्फबाट खैंजडी सम्मान स्वरुप,विद्यालयका प्रधानाध्यापक मदनबहादुर कार्कीले प्रदान गर्नुभएको थियो। भने विभिन्न विधामा विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमबहादुर थापा को अध्यक्षता , विद्यालयका सहायक प्रधानध्यापक हुमनाथ न्यौपाने र विद्यार्थी शिवानी कुँवर को स्वागत मन्तब्यका साथ , रेडियो बिहानी का पत्रकार दीपेन्द्र परियार मार्फत रेडियो बिहानी लाइभ सहित शिक्षक चन्द्रमणि सुवेदी को सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो।
शैक्षिक सत्र २०८० मा बरेङ गाउँपालिकाले गरेको कार्यसम्पादन मूल्याङ्कनमा पालिकामा प्रथम स्थान प्राप्त गरेको र शैक्षिक सत्र २०८० मा पालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षामा कक्षा आठमा सत प्रतिशत नतिजा प्राप्त गरी आफ्नो छुट्टै गरिमा प्राप्त गरेको ज्ञानोदय आधारभूत विद्यालय का अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ लगायत चन्दादाता सबैलाई उक्त कार्यक्रममा खुलेर प्रशंसा गरिएको थियो। “शैक्षिक क्षेत्रमा सबैको क्रियाशीलता, सबल एवं सक्षम ज्ञानोदय गुणस्तरीय शिक्षामा प्रतिबद्धता “भन्ने मूल मन्त्र का साथ जन्मोत्सवलाई साँझ दिपावली सहित समापन गरिएको विद्यालयका प्रधानाध्यापक मदन बहादुर कार्किले जानकारी दिनुभयो ।
« बरेङका २ हजार ४५ पशुहरूलाई विभिन्न खोप «
» हिमालय आधारभूत विद्यालय झिरबास गुल्मीको ६५ औं वार्षिकोत्सव सम्पन्न »