सर्बोदय क्याम्पसमा स्वबियु द्वारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत ।
२४ पौष २०७५, बरेङ । स्वतन्त्र बिद्यार्थी युनियन सर्बोदय क्याम्पसले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । बरेङ गाँउपालिकाको वडा नं. २ बरेङ बजार स्थित क्याम्पसको स्वबियुले प्रथम बर्षमा भर्ना हुन आएका बिद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बिच क्याम्पसमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर थापाले यस्ता खालका कार्यक्रमले शिक्षक, अभिभावक तथा बिद्यार्थी बिद्यार्थी बिचको परिचय तथा सम्बन्धलाई थप प्रगाढ बनाउदै अध्यान अध्यापनमा थप उर्जा प्रदान गर्न सहयोग गर्ने बताएका छन् ।
क्याम्पसलाई थप व्यवस्थित तवर बाट अगाडि बढाउन स्वबियु, शिक्षक, बिद्यार्थी तथा अभिभावक सबैको सकारात्मक प्रयास आबश्यक रहेको प्रमुख अतिथि थापाको भनाई छ ।
कार्यक्रममा क्याम्पस प्रमुख फूलकुमारि शर्मा, शिक्षण सहायकहरु चित्र थापा, धनिश्वर पौडेल, रुपनारायण शर्मा, ओम बहादुर पुन, स्वबियु सभापति शेखर थापा, बिद्यार्थीहरुको तर्फबाट मनिषा घर्ती, रिमा शर्मा तथा बिशाल गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नब आगन्तुक बिद्यार्थीहरुलाई फूल, माला, अबिर र मायाको चिनो प्रदान गरि स्वागत गरिएको कार्यक्रममा आंशिक शिक्षण सहायक केशब राज क्षेत्रीको बिषेश साहित्यीक प्रस्तुती रहेको थियो ।
कार्यक्रम स्वबियु कोषाध्यक्ष निर्मला पुनको अध्यक्षता, बिद्यार्थी डिल कुमारी थापाको स्वागत मन्तव्य तथा स्वबियु सदस्य बिक्रम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
« माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न । «
» रेडियोे विहानीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न ः संयोजकमा पुनः पुन चयन । »