हिमालय आधारभूत विद्यालय झिरबास गुल्मीको ६५ औं वार्षिकोत्सव सम्पन्न
१३ फागुन २०८१ ।हिमालय आधारभूत विद्यालय कालीगण्डकी गाउँपालिका वडा नं. ७ झिरबास गुल्मीको ६५ औं वार्षिक उत्सव समाहरोह सोमबार सम्पन्न भएको छ ।
विद्यालयले आफ्नो ६५ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो ।
कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष घनश्याम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
रुपमा कालीगण्डकी गाउँपालिकाका शिक्षा अधिकृत,लेखा अधिकृत, प्रशासकिय अधिकृतको विशिष्ट आतिथ्यता रहेको थियो
कार्यक्रममा विद्यालयका चन्दादाता,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिक अध्यक्ष सरिता कार्की क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रम,शिक्षक जगदिश प्रसाद बारई को स्वागत र विद्यालयका सहायक प्रधानाध्यापक लालमणि आचार्यको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।
« ज्ञानोदय आधारभूत विद्यालय को ६९औ जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न। «
» अज्ञात रोगका कारण धमाधम बङगुर मर्न थालेपछी बरेङका बङ्गुर पालक कृषक चिन्तित »