अज्ञात रोगका कारण धमाधम बङगुर मर्न थालेपछी बरेङका बङ्गुर पालक कृषक चिन्तित
बरेङमा अज्ञात रोगका कारण पालिएका बङगुर धमाधम मर्न थालेपछी बङ्गुर पालक कृषक चिन्तित भएका छन ।
बरेङको वडा न २ हुग्दिसिर सिग्दी र बरेङ बजार आसपासमा यो समाचार तयार पार्दा सम्म अज्ञात रोगका कारण ६ वटा बङ्गुर मरेका छन ।
सिग्दीकी शिला थापाको १ वटा अन्दाजी ५० केजी र २ वटा ३ महिनाको पाठा मरेपछि आफूलाई निकै समस्या परेको बताउनु भयो । त्यस्तै बरेङ भाटी बजारका सविन राम्जालीको झण्डै ५० केजीको तथा सातदोबाटोका मोहन पुनको करिव ४५ केजीको तथा फटिक पुनको पनि बङ्गुर मरेपछि आफूहरू मर्कामा परेको कृषकहरूले बताएका छन ।
बङ्गुरमा एक्कासि ज्वरो आउने ‚दाना नखाने‚ वाक्ने ‚पखाला लाग्ने लगायतका लक्षणहरू देखिने तथा मर्ने गरेपछि आफूहरू मर्कामा परेको कृषकहरूले बताएका छन ।
बङ्गुर मरेको बारे आफु पनि जानकार रहेको भन्दै बरेङ गाउँपालिकाका पशुसेवा शाखा प्रमुख नारायण पौडेलले सबै बङ्गुरमा फरक फरक लक्षण देखिएको कारण दानामा समस्या हुन सक्ने भन्दै महामारीजन्य रोग हो वा होइन भनेर स्वाव सङ्कलन गरेर परीक्षणका लागी भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङमा पठाउने तयारी रहेको बताउनु भयो ।
« हिमालय आधारभूत विद्यालय झिरबास गुल्मीको ६५ औं वार्षिकोत्सव सम्पन्न «
» नेपाल कर्तव्य पालन प्रावि उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस »