नेपाल कर्तव्य पालन प्रावि उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
१४ फागुलन २०८१ ।नेपाल कर्तव्य पालन प्राथमिक विद्यालय बरेङ गाउँपालिका वडा नं. १ उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयले विविध कार्यक्रमका साथ आफ्नो ३५ औँ वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयका भुतपुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम समाजसेवी सकस बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चित्र बहादुर थापा र धुल्लु लिउँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक फत्तिक बहादुर थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा कक्षागत हिसाव दौड प्रतियोगिता,अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता र बालकक्षाको चकलेट दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कक्षागत हिसाव दौड प्रतियोगितातर्फ कक्षा ५ बाट इस्मा पुन, कक्षा ४ मा रोस दर्लामी,कक्षा ३ बाट बसन्त रुचाल ,कक्षा २ बाट रोसी लामिछाने र कक्षा १ बाट मनिस केसी प्रथम बन्न सफल भए, भने अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगितामा सगरमाथा सदन प्रथम,अन्नपुर्ण सदन द्धितिय र धौलागिरी सदन तृतिय र बाल कक्षाको चकलेट दौड प्रतियोगितामा एरोन श्रीस विजेता बनेका विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थम्मन थापाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका चन्दादातालाई सहयोग गरिएको थियो । भने आयोजित प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र मणि पौडेलको अध्यक्षता,विद्यालयकि शिक्षिका मिना सापकोटा र शिक्षिका मन्जु केसी क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक थम्मन थापाले जानकारी दिनुभयो ।
« अज्ञात रोगका कारण धमाधम बङगुर मर्न थालेपछी बरेङका बङ्गुर पालक कृषक चिन्तित «