बरेङको हुग्दिशिर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
रेडियो बिहानी ।
२०८२ वैशाख १२ ।बागलुङको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरलाई आज शुक्रबार एक कार्यक्रमका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
वडा भित्रका सबै बालबालिकाहरुले पुर्ण खोप पाए संगै हुग्दिशिर पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको हो ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हिरा बहादुर घर्तिको अध्यक्षता रहेको थियो ।
कार्यक्रमकै विच खोप कार्यक्रममा उत्कृष्ट योगदान पु¥याएवापत हुग्दिशीर स्वास्थ्य चौकिका अनमि देवकुमारी गलामी र हुग्दिशिर सामुदायिक स्वास्थ्य इकाइका अनमि सिर्जना खत्रीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन,कार्यपालिका सदस्य काशीराम विकले बोल्नुभएको थियो भने स्वास्थ्यचौकिमा कार्यरत कर्मचारीहरु एवम स्वास्थ्य स्वयमसेविकाहरुबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बरेङ गाउँ कार्यपालिका सदस्यद्धय काशीराम विक र जमुना विक,वडा सदस्यहरु टिका काउचा, श्यामलाल शर्मा ,गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन, पुरुषोदय माविका प्रधानाध्यापक मन बहादुर श्रीस,विमल शर्मा,पत्रकार, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम हुग्दिशिर स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट करण शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।
« नेपाल कर्तव्य पालन प्रावि उर्लेनी बागलुङको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस «