अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न बरेङमा अभिमुखिकरण
भुमा मगर ।
१५ बैशाख २०८२ ।बागलुङको बरेङ गाउँपालिकामा भुमि समस्या समाधान आयोगका काम कारबाहि सम्बन्धि अभिमुखिकरण सोमबार सम्पन्न भएको छ ।
बरेङ गाउँपालिकाको आयोजना तथा भुमि समस्या समाधान आयोग जिल्ला समिति बागलुङको समन्वयमा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने सम्बन्धमा अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा भुमि समस्या समाधान आयोगका अध्यक्ष भिम प्रसाद शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।भने नापि कार्यालय प्रमुख मौसम सुनामले प्रस्तुतिकरण दिनु भएको थियो ।
आयोग विज्ञ सदस्य उमेश गौतमले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत खड्ग विकको स्वागत, प्रशासकिय अधिकृत रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको बरेङ गाउँपालिकाका सुचना अधिकारी केशवराज क्षेत्रीले जानकारी दिनुभयो ।
« बरेङको हुग्दिशिर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा «
» प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित र जीवनपयोगी सीप विकास तालिम »