दर्ता. न‌: २४५/०६५/०६६

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित र जीवनपयोगी सीप विकास तालिम

रेडियो बिहानी ।

१७ वैशाख २०८२ ।बरेङ गाउँपालिकाको आर्थिक सहयोग, पाथवे नेपाल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरमा कार्यस्थलमा आधारित सीप विकास र जीवनपयोगी सीप विकास तालिम  बुधबार सम्पन्न भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम  युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत  ४० दिनको मेसन सम्बन्धी र १० दिन बराबरको जीवनपयोगी सीप विकास सम्बन्धी  कार्यक्रमका  सम्पन्न भएको हो । तालिम पहिलो चरणमा वडा नम्बर १ धुल्लुबास्कोटमा समापन भएको थियो भने दोस्रो चरणमा वडा २ हुग्दिशिरमा सम्पन्न भएको छ । 

कार्यक्रममा सहभागीको तर्फबाट रिता खत्रीले भन्नुभयो “महिलाले पनि गर्न सकिने रहेछ, अग्रजबाट धेरै सिकियो, पहिले भन्दा  जानिएको छ, सिकाइयो र सिक्न इच्छुक भएमा सफल भइने रहेछ।“

त्यस्तै अर्का सहभागी युवराज शर्माले भन्नुभयो“ हामीले राम्रो अवसर पायौं, प्रशिक्षकबाट सिक्यौ, हामीले प्रमाणपत्र समेत पायौं अब हामीलाई अर्को लेबलको तालिम दिएमा अझै सक्षम बन्ने थियौ ।“

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले ५० दिन सम्म सिकेको सिपलाई निरन्तरता दिइरहन आग्रह गर्दै दक्षता हासिल गरेकालाई वडा अन्तर्गत हुने आयोजनामा काम दिने वातावरण मिलाइने बताउनुभयो ।

त्यस्तै पालिकाका रोजगार संयोजक केशवराज क्षेत्रीले बचत गर्ने बानीको विकास गर्ने, व्यवसायमा जोडिने, स्वरोजगार बन्ने लगायतका विषय समेटेर प्रस्तुतीकरण  गर्नुभएको थियो ।

वडा नम्बर २ हुग्दिशिरमा तालिम सङ्ग्सङ्गै भएका योजनामा दुई वटा प्रतिक्षालय, एउटा कल्भर्ट,२५२ मिटर पक्की सिचाइ कुलो,पदमार्ग र २२ मिटर मोटरबाटो ढलानको काम भएको छ । वडाले ८ लाख साझेदारी गरेकोमा ज्यालामा ११ लाख ४२ हजार ४ सय खर्च भएको बताइएको छ ।

तालिमको समापन समारोह वडा अध्यक्ष हिरा बहादुर घर्तीको अध्यक्षता, सबइन्जिनियर  कमल आचार्यको संचालनमा सम्पन्न भएको छ ।

« अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न बरेङमा अभिमुखिकरण «

» बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal