बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न
भुमा मगर ।
१७ वैशाख २०८२ ।बागलुङको बरेङ गाउँपालिकामा बृहत करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा बरेङ गाउँपालिकाका ५ वटै वडाका करदाताहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग विकले नेपालमा कर प्रणालीको पृष्ठभुमि,करको महत्व,गाउँपालिकाको आन्तरिक राजश्वको वार्षिक लक्ष्य,आर्थिक ऐन र कर परिचालनका क्षेत्र लगायत करदाता शिक्षाको विषयमा जानकारी दिदै जनताले कर तिर्न रहर गर्नुपर्ने र राज्यले जनतालाई भर दिनुपर्ने बताउनुभयो ।
बरेङ गाउँपालिकाका राजश्व शाखा प्रमुख मोहन घर्ति क्षेत्रीले कर भनेको के हो ?करदाता को हुन् ?स्थानिय तहमा कर संकलन गर्ने कानुनी आधार, कर किन तिर्ने ?गाउँपालिकाको आर्थिक ऐन अनुसार कुन शीषकमा कस्तो कर छुट तथा जरिवानाको व्यवस्था रहेको छ ? गाउँपालिकाको आन्तरिक राजश्व र वित्तिय हस्तान्तरणको सम्बन्ध कस्तो रहन्छ ? र “हामीले तिरेको कर ,विकास मार्फत फर्किन्छ घर–घर ” भन्ने धारणा सहितको करदाता शिक्षा विषयमा सहजिकरण तथा प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा सहभागी करदाताहरुका समस्या ,गुनासो र सुझावको विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रम वडा नं. २ का वडाध्यक्ष हिरा बहादुर घर्तिको अध्यक्षता, राजश्व शाखा प्रमुख मोहन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
« प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित र जीवनपयोगी सीप विकास तालिम «
» रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम, भए यस्ता निर्णय »