रेडियोे विहानीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न ः संयोजकमा पुनः पुन चयन ।
२८ पौष २०७५, बरेङ । सामुदायिक रेडियोे विहानी ८९ मेघाहर्ज बरेङ बागलुङको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
विहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संचालीत रेडियोले आज बरेङ बजारमा एक कार्यक्रमको आयोजना गरी आफ्नो तस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले रेडियोले यस क्षेत्रको संचार क्षेत्रको रिक्ततालाई पुरा गर्दै समाज रुपान्तरणको सम्वाहकको रुपमा काम गरेको बताए ।
संचार माध्यमले समाज रुपमान्तरमा अहम भुमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणमा सबै आ– आफ्नो क्षेत्रबाट लाग्नुपर्ने शर्माको भनाई छ ।
आगामी दिनमा रेडियोले उत्पादनमुखी तथा समाज समृद्ध हुने खालका कार्यक्रम उत्पादन गर्नुपर्नेमा शर्माले जोड दिए ।
संस्थाका संयोजक लेखान्त पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक समितिका सदस्य, उपसमितिका सदस्य, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी ,शेयरसदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा रेडियोका संयोजक लेखान्त पुनले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विमल प्रसाद शर्माले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रेडियोका लेखा प्रमुख हिरा पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा सेयर सदस्यको तर्फबाट प्रेम बहाुर पुन, सर्वोदय क्याम्पसका क्याम्पस प्रमुख फुलकुमारी शर्मा, रुपनारायण शर्मा, वडा नम्वर १का वडा अध्यक्ष नरसिह पुन, वडा नम्वर ३ का वडा अध्यक्ष पुर्ण खनाल, लगाएतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै दोस्रो अधिवेशनले लेखान्त पुनको संयोजकत्वमा ७ सदस्यीय उपसमितीको सर्वसहमत चयन गरेको छ । जसको सदस्यमा पूर्ण बहादुर खनाल, फुलकुमारी शर्मा, रुपनारायण शर्मा, लालमणी आचार्य, शमसेर श्रीस, विमल शर्मा रहेका छन ।
त्यस्तै ३ सदस्यीय अनुगमन समितिको समेत गठन गरिएको छ । जसमा पदम बहादुर पुन, नर बहादुर रिजाल, दिल कुमारी पुन रहेका छन ।
२०७१ सालमा स्थापना भएको रेडियोले बागलुङको दक्षिणी क्षेत्रमा संचारको क्षेत्रमा सामाजिक परिर्वतन तथा विभिन्न क्षेत्रको विकासमा अहम भुमीका खेल्दै आएको छ ।
« सर्बोदय क्याम्पसमा स्वबियु द्वारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत । «