दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाका २ विद्यालयमा शैक्षिक अवलोकन

भुमा मगर ।२०८२ जेठ २६ ।बरेङ गाउँपालिकाका  २ विद्यालयमा शैक्षिक अवलोकन  गरिएको छ ।

बरेङ गाउँपालिका वडा नं. १ लिउँवास्थित धुल्लुलिउँवा माध्यमिक विद्यालय र वडा नं. २ बरेङ बजारस्थित सर्वोदय माध्यमिक विद्यालयमा सोमबार विद्यालय अनुगमन तथा कक्षागत अवलोकन गरिएको हो ।

शिक्षा  विकास   तथा  समन्वय इकाई  बाग्लुङका इकाई  प्रमुख  प्रकाश  बन्धु अर्याल ,शाखा  अधिकृत  दल बहादुर  थापा, प्राविधिक  सहायक  प्रकाश  सुवेदी, विषय विज्ञहरु कृष्णप्रासाद आचार्य ,खिम बहादुर  पुन, र नाम  बहादुर  थापाको उपस्थितिमा भएको  विद्यालय अनुगमनमा विद्यालयको भौतिक शैक्षिक अवस्था, शिक्षण सिकाइको कक्षागत अवस्था र विद्यालयको समग्र शैक्षिक व्यवस्थापनलगायत विविध विषयमा अवलोकन गरिएको विषयविज्ञ नाम बहादुर थापाले जानकारी दिनुभयो ।

अनुगमन पश्चात टोलीले विद्यालयमा विद्यार्थी केन्द्रित शिक्षण सिकाइ र विद्यालयको लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

« रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च कार्यक्रम, भए यस्ता निर्णय «

» बरेङको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal