बरेङको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास
दिपेन्द्र परियार ८ असार २०८२ । बरेङ गाँउपालिकाको आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सर्वसम्मतिले पास गरेको छ ।
आईतवार गाँउपालिकाको कार्यालय स्थित सभाहलमा आयोजना गरिएको १५ औ अधिवेशनमा गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले निर्णायार्थ पेश गर्नुभएको निति तथा कार्यक्रम साथै उपाध्यक्ष दिलिप कुमार पुनले निर्णायार्थ पेश गर्नुभएको बजेट आगामी सर्बसम्मतिले पास गरेको हो ।
गाँउपालिकाले ३८ करोड ९० लाख ४० हजार ८ सय ३८ रुपैयाको बजेट ल्याएको छ । जसमा चालु तर्फ ४ करोड ९८ लाख ४९ हजार ३ सय ३ बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ ७ करोड ४ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ ।कुल बजेट मध्ये वडा स्तरिय योजना तथा कार्यक्रमका लागी ३ करोड बिषयगत साखाका लागी ३ करोड ५६ लाख १६ हजार ५ सय २५ रुपैयाँ बजेट छुट्याईएको छ ,समपुरक कोष तर्फ १ करोड ७९ लाख तथा गाँउपालिका स्तरिय योजना तथा कार्यक्रमका लागी २ करोड ९५ लाख ५० हजार बजेट छुट्याईएको छ ।
« बरेङ गाउँपालिकाका २ विद्यालयमा शैक्षिक अवलोकन «
» प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बरेङमा मोटरेबल कल्भर्ट »