बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुकमा दुर्घटना, ६ जना घाइते
दिपेन्द्र परियार ।
१२ भदाै २०८२ ।बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुक बजार नजिकै दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाईत हुनेहरुमा बरेङ गाउँपालिका जिप चालक बरेङ गाउँपालिका–१ बाँसकोटका रबि थापा, सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन भरतपुर महानगरपालिका–२६ का ज्योति मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।
घाईतेहरुको धौलागिरि अस्पताल बागल्ुङमा उपचार भइरहेको रेशम थापाले जानकारी दिनुभयो । उनिहरुको अवस्था सामान्य रहेको थापाको भनाई छ ।
बिहिबार ग १ ज ७४८० नं।को जिप जैमिनी नगरपालिका १० राङखानीको नाम्दुक बजार नजिकै चिप्लिएर सडकबाट अन्दाजी १५ मिटर तल पल्टेको ईलाका प्रहरी कार्यालय बरेङ डाँडाले जानकारी दिएको छ ।
« प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बरेङमा मोटरेबल कल्भर्ट «
» बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गए »