दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गए

दिपेन्द्र परियार १२ असोज २०८२ । बरेङ गाउँपालिकामा ठुलो सङ्ख्यामा कर्मचारी बिदा स्वीकृत नगराई घर गएको पाइएको छ ।

आज हामिले गरेको अनुगमनका क्रममा बरेङ गाउँपालिकाको कार्यालय मातहतका कुल ९५ जना कर्मचारी मध्ये २८ जना ले बिदा स्वीकृत नगराई घर गएको पाइएको हो ।

पालिकाको कार्यालयमा कार्यरत २५ जना कर्मचारी मध्ये ५ जनामात्रै कार्यलयमा उपस्थित रहेका थिए । हामी कार्यालयमा पुग्दा शिक्षा अधिकृत तथा निमित्त प्रमुख प्रसासकिय अधिकृत सुर्य प्रसाद शर्मा‚ जनस्वास्थ्य निरीक्षक पदम बहादुर पुन‚ सूचना अधिकारी केशवराज क्षेत्री फिल्ड सहायक सुमन गौतम तथा कार्यालय सहयोगी चन्द्रकला ९ माया ० थापा मात्रै उपस्थित रहेका थिए ।

गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार आज हाजिरी नगर्नेमा आन्तरिक लेखा परिक्षण शाखाका १ जना प्रशासन शाखाका १ जना जिन्सी शाखाका १ जना बाटाकाचौर स्वास्थ्य चौकीका प्रमुख सहित ३ जना धुल्लुवास्कोट स्वास्थ्य शाखाका प्रमुख सहित ३ जना  हुग्दिसिर स्वास्थ्य चौकीका १ जना सुखौरा स्वास्थ्य चौकीका प्रमुख सहित ३ जना वडा न ५ का सचिव सहित ३ जना  वडा न ३ का सचिव सहित २ जना जना साग्दी सामुदायिक इकाईका १ जना कृषि शाखाका प्रमुख सहित २ जना  वडा न १ का १ जना सल्यान स्वास्थ्य चौकीका १ जना पशु प्राविधिक १ जना पालिकाको कार्यालय सहयोगी १ जना गडेल स्वास्थ्य ईकाई १  जना र वडा न ४ को कार्यालयमा कार्यरत १ जना रहेका छन ।

सूचना अधिकारी क्षेत्रीले कतिपय कर्मचारीले हाजिर गरेको हुन सक्ने तर प्राविधिक कारण सिस्टममा अपडेट नभएको हुन सक्ने बताउनु भयो ।

हाजिरी नगर्ने कर्मचारीको उपस्थित नभएको दिनको तलब पालिकाले काट्ने क्षेत्रीले बताउनु भयो । अनुगमनका क्रममा पालिकामा कार्यरत कतिपय कर्मचारी १ महिनामा एक हप्ता सम्म बिदामा बसेको समेत पाईएको हो ।

« बागलुङबाट बरेङ आउँदै गरेको पिकअप जिप नाम्दुकमा दुर्घटना, ६ जना घाइते «

» बरेङका ४ जना कर्मचारीले घर जान सरकारी बाइक प्रयोग गरे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal