दर्ता. न‌: २४५/०६५/०६६

प्रज्ञा प्रतिष्ठानको आयोजनामा बरेङमा बाल कविता गोष्ठी

२०८२ मंसिर १२ गते । बरेङ । बागलुङको बरेङ गाउँपालिकामा बाल कविता गोष्ठी सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान काठमाडौ को संयुक्त आयोजना र बरेङ गाउँपालिकाको सहआयोजनामा गाउँपालिकाको सभाहलमा शुक्रबार बाल कविता गोष्ठी सम्पन्न भएको हो ।

विद्यार्थी आफैले रचना गरेका कविताहरूमार्फत मिठास सङ्गै वर्तमान राजनीतिप्रति व्यङ्ग्य , नेपालको प्राकृतिक सम्पदाको प्रचार नारीप्रति गरिने विभेदको अन्त्य,अन्धविश्वासको अन्त्य, भविष्य बनाउने सपना, बालबालिकाको शिक्षामा लगानी, सीप र व्यवसायिक शिक्षामा जोड गर्नुपर्ने लगायतका धेरै विषयवस्तु व्यक्त भएका थिए । विद्यार्थी आफैंले लेखन र रचना गरेका उत्कृष्ट  कवितालाई प्रतिष्ठानले छाप्ने प्रतिबद्धता समेत जनाएको छ ।

कार्यक्रममा सर्वोदय क्याम्पस बरेङका क्याम्पस प्रमुख फूल कुमारी शर्माले बालसाहित्य सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भाषा आयोगका सदस्य तथा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले टिप्पणी गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा प्रमुख प्राज्ञ अगिव बनेपालीले बाल साहित्यलाई उजागर गर्नुपर्ने, कविता विधालाई अगाडि बढाउनका लागि बालबालिकामा नै लगानी गर्नुपर्ने, आफ्नो भाषा सस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा गाउँपालिकाका प्रवक्ता तुफान पुन, उपाध्यक्ष दिलिप कुमार पुन, प्रतिष्ठानका उपकुलपति विमल निभाले  मन्तव्य व्यक्त गर्दै बाल प्रतिभाको प्रशंसा गर्नुभएको थियो ।

गोष्ठीमा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका २३ जना विद्यार्थीले कविता वाचन गरेका थिए । लेखन र वाचनमा उत्कृष्ट ४ विद्यार्थीले पुरस्कार प्राप्त गरेका छन्  ।

बालज्योती बोर्डिङ स्कुलका सपना पुन प्रथम, सल्यान सुखौरा माध्यमिक विद्यालयका सन्ध्या शर्मा द्वितीय, भृकुटी माध्यमिक विद्यालयका एलिसा गिरी तृतीय र सर्वोदय माध्यमिक विद्यालयका तारा गुरुङ सान्त्वना भएका छन् । विजेतालाई क्रमशः ४ हजार,३ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । साथै सहभागी सबैलाई समेत प्रमाणपत्र प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बाल साहित्य विभागका प्रमुख विमल निभाको प्रमुख आतिथ्यता, गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद शर्माको स्वागत मन्तव्य र गाउँपालिकाका रोजगार संयोजक केशब राज क्षेत्रीको संचालनमा गोष्ठी सम्पन्न भएको हो ।

« बरेङका ४ जना कर्मचारीले घर जान सरकारी बाइक प्रयोग गरे «

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal