दर्ता. न‌: २४५/०६५/०६६

महासय ! अलि बढी नै भएन र ? प्रसङग बरेङ बागलुङ बाटो

केशब राज क्षेत्री, बरेङ । ०८ माघ २०७५ । विकास भन्ने बित्तिकै हामी बाटोघाटो, खोनपानी, शिक्षा, स्वास्थ्य, रोजगार आदिलाई बुझ्छौँ । विकास सँगसँगै विनाश हुन्छ भन्ने  पनि  सबैले बुझेको कुरा हो तर नबुझेको कुरा त यहाँ छ कि जति सजिलो र सहज हुन्छ उति जनताले सास्ती पाउनुपर्छ भन्ने त होइन ।

निकै पहिले देखिनै विरोध र विद्रोह हँुदै आईएता पनि बागलुङको दक्षिण भेगमा पर्ने बरेङ क्षेत्रका जनतालाई भने सदरमुकाम बागलुङ बजार सम्म जान आउन गाडी भाडादरमा कहिलै चित्त बुझ्दो भएन । 

न त यस क्षेत्रको समितिले ध्यान दिन्छ, न त जिप व्यवसाय समितिले न त स्थानीय निकायले ।  प्रहरीलाई समेत थाहा छ कि यो बाटोको भाडादर एकदमै बढी हो भन्ने तर उनिहरु समेत यस बिषयमा मौन रहने गर्दछन् ।

जनताहरु  आफुलाई चित्त नबुझदो रकम तिर्न बाध्य छन् , आफूलाई काम पर्छ नगई भएन अझ अनौठो  कुरा त त्यति महँगो भाडा हुदा हुदै पनि एक दूई जना प्यासेन्जर भए नगइदिने प्रवृति नम्बरमा भएका जिपले गरेको धेरै नै इतिहास पाइन्छ ।

बरेङ देखि बुटवल सम्मको १३६÷१३७ कि.मि बाटोमा जम्मा ७१० रुपिया भाडा प्रति ब्यक्ति लाग्ने गर्दछ जबकी बरेङ देखि बागलुङ सम्मको जम्मा ३६÷३७ कि.मि बाटोमा भाडादर भने अहिले समायोजन गरीसके पछि पनि ६५० प्रति व्यक्ति लिने गरिएको छ । किन यति महँगो भाडा लिने गरिन्छ र यसमा ध्यान नजानुको कारण के त ? यति मात्र हो र एक हजार लिन सम्म पनि लाज मान्दैनन चालकले ।  गाडी चढिसकेपछि तिनुपर्ने बाध्यता त प्यासेन्जरलाई पो छ  ।

सदरमुकाम बागलुङ जाने एउटा मात्र बाटो पनि त छैन बरेङबाट बाराकोट दुदिलाभाटि हुँदै, राङखानी कुश्मिसेरा हुँदै, गाजादह सिगाना हुँदै, छापचौर पुर्तिघाट करिडोर हुँदै कैयाँै शाखा छन् तर यति जातिबित्ति महँगो त लिनुभएनी महासय ? 

जथाभावी भाडा असुल्नेलाई त नेपालको कानुनी व्यवस्थामा कारवाही गर्ने भन्ने छ सधैँ यस्तै हुने होकी हुन्छ हुन्छ भन्ने हो कसले हो त यसको समाधान गर्ने छिटै समधान होस र जनतालाई चित्त बुझ्दो कार्य गरियोस्  ।

यातयात विभागले यसमा ध्यान दिनुपर्ने त हो नै किन बेवास्ता गरिरहेको छ । दुरीका हिसाबलनै हेर्ने हो भने पनि बागलुङ जाने भाडादर करिब ४०० हुन आउँछ तर अहिले लगभग डबल जस्तो नै भैरहेको छ । यो त अलि बढी नै भएन र महाशय ?

« रेडियोे विहानीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न ः संयोजकमा पुनः पुन चयन । «

» पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा अन्तरकृया । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal