दर्ता. न‌: २४५/०६५/०६६

पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा अन्तरकृया ।

थम्मन थापा, गलकोट । २३ माघ २०७५ । गलकोट नगरपालिका ७ मल्मको पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा स्थलगत अवलोकन सम्पन्न भएको छ । जिल्लामा कृयाशिल पत्रकारहरु र राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका मल्मका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

पर्यटनको प्रचुर सम्भावना बोकेको उक्त स्थानमा आगामी दिनमा भौतिक पुर्वाधारको विकास सककगै यसको चुनौति अवसर र सम्भावनाको विषयमा छलफल गरिएको थियो । सो अवसरमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको केन्द्रका अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिनुभएको थियो । अध्यक्ष थापाले केन्द्रले पर्यटनको क्षेत्रमा गरेको प्रगतिको बारेमा समेत रिपोर्टिङ गर्नुभएको थियो । 

जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले निकट भविष्यमा राम्चे ढुङ्गामा प्यारागलाईडिङको व्यावसायिक उडान, विशेष सुविधा सम्पन्न पर्या पर्यटन उद्यान पार्क निर्माण गर्ने लक्ष्य अनुरुप कार्य अगाडी बढाईएको बताउनु भयो । त्यस्तै गलकोट नगरपालिका वडा नं ७ का कार्यवहाक वडा अध्यक्ष लोक बहादुर थापाले  पर्यटनको क्षेत्रमा क्रमश कार्यहरु बढाउन स्थानिय तह, प्रदेश र केन्द्रमा पहलकदमी सककगै सहकार्य गरिने बताउनु भयो । 

केन्द्रले राम्चे ढुङ्गालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बागलुङ जिल्लाका पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई सम्मान समेत गरेको छ । शाखाका अध्यक्ष दिल शिरिषलाई दोसल्ला र मायाको चिनो सहित सम्मान गरिएको थियो । 

सम्मान पछि बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले राम्चे ढुङ्गा पर्यटनको सम्भावना रहेकोले यसको विकासमा लाग्न स्थानियलाई सुझाव दिनुभएको छ । त्यसको लागि सञ्चार माध्ययमले सदैव महत्वपुर्ण भुमिका खेल्ने समेत शिरिषल बताउनुभयो । पत्रकारहरुलाई टोकरी आमा समुह र राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रले फुलमालाले स्वागत सत्कार गरेका थिए ।

« महासय ! अलि बढी नै भएन र ? प्रसङग बरेङ बागलुङ बाटो «

» सर्वोदय माध्यामिक विद्यालय बरेङको ५८औँ बार्षिक उत्सव सम्पन्न, व्यवहारीक तथा वैज्ञानीक शिक्षामा जोड दिनुपर्नेमा प्रमुख अतिथि शर्माको जोड »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal