दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय माध्यामिक विद्यालय बरेङको ५८औँ बार्षिक उत्सव सम्पन्न, व्यवहारीक तथा वैज्ञानीक शिक्षामा जोड दिनुपर्नेमा प्रमुख अतिथि शर्माको जोड

जीबन पौडेल, बरेङ । ०७ फाल्गुन २०७५ । सर्वोदय माध्यामिक विद्यालय बरेङ गाउँपालीका २ बरेङको ५८ औँ वार्षिक उत्सव समारोह मंगलबार सम्पन्न भएको छ ।

वार्षिक उत्सवको मुल समारोहको उत्घाटन गर्दै बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले विद्यालय हरेक वालवालीकाको क्षमता, रुचि र मनोविज्ञान अनुसारको ज्ञान प्रदान गर्ने साझा संस्था भएकाले क्षमता, रुचि र मनोविज्ञानलाई बुझेर शिक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

शर्माले विद्यार्थी, शिक्षक र अविभाक ३ वटा पक्षको सन्तुलन मिलेन भने बालबालीकाको सपना पुरा गर्न नसकिने भन्दै ३ वटै पक्षको सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले गाउँपालीकाले अगाडी सारेको विद्यालयमा जंकफुड निषेध गर्ने कार्यक्रम जसलाई विद्यालयले सर्वप्रथम जंकफुड निषेधित गर्ने नमुना काम गरेको छ भन्दै विद्यालयलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।   

उहाँले लाखौँ खर्च गरेर ज्ञान हासील गरेतापनि अहिले हजारौँ जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा आगामी दिनमा व्यवहारीक तथा वैज्ञानीक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

विद्यालयका विद्यार्थी, अविभावक, चन्दादाता, जग्गादाता, अक्षयकोषका संस्थापक, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा बरेङ गाउँपालीकाका उपाध्यक्ष डिल कुमारी पुन, विद्यालयका पुर्व शिक्षक टेक बहादुर शेरचन , सर्वोदय क्याम्पसका क्याम्पस प्रमुख फुलकुमारी शर्मा, रेडियो विहानीका प्राविधिक प्रेम पुन,  सम्पुर्ण विद्यार्थीको तर्फबाट आषिश गुरुङ लगाएतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विच विचमा विद्यार्थीहरुको सांस्कृतिक  प्रस्तुति रहेको कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थी र विज्ञान शिक्षकले विज्ञानका सामाग्री प्रर्दशन गरेका थिए । कक्षा ११ का विद्यार्थीले स्थानिय स्रोतको प्रयोग गरेर स्काभेटर तथा कक्षा १२ का विद्यार्थीले घरायसी सोलार सिष्टम प्रर्दशन गरेका हुन । त्यस्तै कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरुले शुर्यासन योगा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक ठगराज शर्माले विद्यालयको आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रगति प्रतिवेदन  तथा आगामी शैक्षिक सत्रको योजना प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

५ गते आइतबार देखी सुरु भएको कार्यक्रममा पहिलो दिन र दोस्रो दिनमा भएका विभिन्न विधामा सदनात्मक तथा प्रतिस्प्रधात्मक प्रस्तुतिमा विजेता हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा पुनकोे अध्यक्षता, शिक्षक धनिश्वर शर्मा पौडेलको स्वागत मन्तव्य र शिक्षक द्धय टोमनाथ शर्मा र ओम बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

कक्षा १ देखी १२ कक्षा सम्म संचालन भएको सो विद्यालयमा हाल ४ सय ७५ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।

« पर्यटकीय स्थल राम्चे ढुङ्गामा पत्रकार भेटघाट तथा अन्तरकृया । «

» छिस्तीमा भर्खरै जिप दुर्घटना, ३ काे मृत्यु कयाै घाईते उध्दार कार्य जारि । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal