दर्ता. न‌: २४५/०६५/०६६

छिस्तीमा भर्खरै जिप दुर्घटना, ३ काे मृत्यु कयाै घाईते उध्दार कार्य जारि ।

०७ फाल्गुन २०७५ । बागलुङकाे जैमिनि नगरपालिका- ८ छिस्तिमा जिप दुर्घटना भएकाे छ ।छिस्तीकै रापुङ देखि केवै जादै गरेकाे जिप साबिक वडा नं ७ टुनिवटमा दुर्घटना हुदा ३ जनाकाे मृत्यु भएकाे छ भने कयाै घाईते भएका छन् ।


ध १ ज ४९१ नं काे जिप टुनिवटकाे उकालाेमा पिकअप टुटेपछि अहिले साँझ करिब ७ बजेतिर दुर्घटनामा परेकाे हाे । जिपमा २० जना भन्दा माथि यात्रु सवार रहेकाे र घाईतेहरूकाे यकिन तथ्याङक नअाएकाे बताईएकाे छ, मृतकहरूकाे सनाखत हुन पनि बाँकी रहेकाे छ ।

 अहिले घटनास्थलमा उध्दार कार्य जारि रहेकाे छ भने प्रहरिको टाेलि घटनास्थल पुग्ने त्रममा छ । घटनाबारे थप बिवरण अाउन बाँकि छ ।

« सर्वोदय माध्यामिक विद्यालय बरेङको ५८औँ बार्षिक उत्सव सम्पन्न, व्यवहारीक तथा वैज्ञानीक शिक्षामा जोड दिनुपर्नेमा प्रमुख अतिथि शर्माको जोड «

» छिस्ती दुर्घटना अपडेट, मृत्यु हुनेकाे संख्या ४, ४ गम्भीर नामावलि सहित । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal