छिस्ती दुर्घटना अपडेट, मृत्यु हुनेकाे संख्या ४, ४ गम्भीर नामावलि सहित ।
०८ फाल्गुन २०७५ । बागलुङकाे जैमिनि नगरपालिका- ८ छिस्तिमा हिजाे साँझ भएकाे पिकअप जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ भने ४ गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा १५ वर्षीय सम्झना पुन, १६ वर्षीय विष्ण श्रीस, २९ वर्षीय धनकला श्रीस र १३ वर्षीय संगम श्रीस घाईते भएका छन् । घाइतेलाई धौलागिरी अंचल अस्पताल बागलुङमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।
५० वर्षीय नन्दकली पुन, १५ वर्षीय तृष्ण पुन, १२ वर्षीय पूजा पुन, १२ वर्षीय सविना थापा र ११ वर्षीय निर्मल पुनको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी चिरञ्जीवि कोईरालले जानकारी दिए । जीप चालक १८ वर्षीय प्रविन पुन र जीपमा सवार १३ वर्षिय विशाल परियार सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । चालक पुनलाई प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
« छिस्तीमा भर्खरै जिप दुर्घटना, ३ काे मृत्यु कयाै घाईते उध्दार कार्य जारि । «
» र यसरी मृतक ४ किशोरिहरुको सामुहिक अन्त्यष्टि गरियो (भिडियो सहित) »