दर्ता. न‌: २४५/०६५/०६६

बादर फदाल्ने भिर नगरपालिका ः राजमो अध्यक्ष केसी

दिपेन्द्र परियार, कुश्मीसेरा १ आषाढ २०७५ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारले बादर फदाल्ने भिरलाई नगरपालिका घोषणा गरेर जनतालाई जर्बजस्ती कर लाद्न खोजिएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाद्वारा जैमिनी नगरपालिका १ कुश्मिसेरामा आज आयोजित राजनीतिक प्रचारात्मक सभालाई सम्बोेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

कार्यक्रममा बोल्दै केसीले नेपाल टुक्राउने षड्यन्त्रका साथ देशमा सङ्घियता भित्राइएको र बाह्य शक्तिले देशका कतिपय नेतालाई गोटि बनाएर चलखेल गरिरहेको बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केसीले तराईका पृथकतावादीहरुले पार्टी बनाएर तराई अलग्याउन खोजेको भन्दै संघीयताले देश टुक्राउने र नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने भन्दै संघीयताले नै मौलाएको भष्ट्रचार देश विकासको बाधक बनेको बताउनुभयो । उहाँले देश विकासका लागि विकेन्द«ीकृत एकात्मक राज्य प्रर्णालीमा जानुपर्नेको विकल्प नरहेको बताउदै संघीयता खारेज नभए देश टुक्राटुक्रा हुने समेत जिकिर गर्नुभयो । 

फरक प्रसङ्गमा केसीले लाखौँ नेपाली महिलाहरु भेडा बाख्रा झैँ विदेशी खाडीमा बेचिन बाध्य भएको भन्दै सरकारले जनचाहना अनुसारको बजेट लिन नसकेको दाबी गर्नुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले जिल्लाभरका स्थानीय तहहरु संग समन्वय गरेर समान तरिकाले विकास निर्माणका योजनाहरु बाड्फाड गरिने बताउनुभयो । 

जनगायक जिवन शर्माको प्रस्तुती समेत रहेको कार्यक्रम राजमो बागलुङका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, सदस्य दिलबहादुर श्रीसको स्वागत मन्तव्य र अखिल छैठाँैका महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

« गनपा- ९ बाङ्गेसल्लाका दुई घर पहिरोको उच्च जोखिममा «

» लुग्रुङ मा पहिरोको बितण्ड ,एक नाबालिका सहित तीन को मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal