र यसरी मृतक ४ किशोरिहरुको सामुहिक अन्त्यष्टि गरियो (भिडियो सहित)
केशब राज क्षेत्री, मालढुङगा । ०९ फाल्गुन २०७५ । गत मंगलवार बागलुङको जैमिनि नगरपालिका–८ छिस्तिमा भएको जिप दुर्घटनामा परि ज्यान गुमाएका ४ किशोरिहरुको आज साँझ बागलुङको मालढुङगामा सामुहिक अन्त्यष्टि गरिएको छ ।
धौलागिरि अञ्चल अस्पताल बागलुङमा पोष्टमार्टम गरि सकिए पछि आज चारै जनाको शब मालढुङगा लगि साँझ ६ बजे अन्त्यष्टि गरिएको हो ।
अन्त्यष्टि गर्नु अगाडि १ मिनेट मृतकहरुको संझनामा १ मिनेट मौन धारण गरिएको थियो । दुर्घटनामा परि साबिक छिस्ती गाबिस–८ केवै एउटै गाँउका तुलसि पुन, प्रियांका पुन, एलिना पुन र ज्योति पुनको मृत्यु भएको थियो ।
अन्त्यष्टि गरिएको भिडियो यस्तो छ ः
« छिस्ती दुर्घटना अपडेट, मृत्यु हुनेकाे संख्या ४, ४ गम्भीर नामावलि सहित । «
» बिहानी पोलिक्लिनिकमा शनिबार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने । »