दर्ता. न‌: २४५/०६५/०६६

बिहानी पोलिक्लिनिकमा शनिबार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने ।

१६ फाल्गुन २०७५, बरेङ । बागलुङको बरेङ गाँपालिका स्थित बरेङ बजारमा रहेको बिहानी पोलिक्लिनिकमा शनिवार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने भएको छ । बरेङ बजार स्थित बिहानी बहुद्धेश्यीय सहकारि संस्था लि.द्वारा सञ्चालित बिहानी पोलिक्लिनिकमा यहि फागुन १८ गते शनिबार बिरामीहरुका लागि निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने भएको हो ।

शिबिरमा पेट छाती मुटु दुख्ने, लामो समय सम्म खोकी लागिरहने, उच्च रक्तचाप, मधुमेह, जन्डिस, पाईल्स, ग्याष्ट्रिक, थाइराईड जाँच, हार्डजोर्नी तथा नसा र दाँत तथा गिजा संबन्धी, त्यस्तै स्त्री तथा प्रसुती संबन्धी महिला पानि बग्ने, तल्लो पेट दुख्ने, महिनावारि गडबडी, भिडियो एक्सरे द्वारा बच्चाको उल्टो सुल्टो परिक्षण गरिने पोलिक्लिनिकले जनाएको छ ।

शिबिरमा हार्डजोर्नी बिशेषज्ञ डा. निरञ्जन अर्याल, स्त्री तथा महिला रोग बिशेषज्ञ डा. आकृति श्रेष्ठ, दाँत रोग बिशेषज्ञ डा. अञ्जु पौडेल, जनरल फिजिसियन डा. शिब शर्मा र डेन्टल हाईजिनिक तुलसि थापाले बिरामीहरुको चेकजाँच तथा उपचार गर्नेछन् ।

पुराना रोगी तथा औषधी सेवन गरिरहेका बिरामीहरुलाई आफ्नो पुरानो कागज सहित उपस्थित हुन पोलिक्लिनिकले आग्रह गरेको छ भने रगत तथा दिशा पिसाव जाँच, एक्सरे, भिडियो एक्सरे तथा सुगर जाँच गर्ने बिरामीहरुलाई खाली पेट आउन पोलिक्लिनिकले आह्वान गरेको छ ।

शनिबार बिहान ७.०० बजे देखि अपरान्ह ३.०० बजे सम्म बिरामी चेक जाँच गर्न सकिने तथा अग्रिम नाम दर्ताको लागि ९८०५२६६६२४ मा सम्पर्क गर्न सकिने पोलिक्लिनिकले जनाएको छ ।

« र यसरी मृतक ४ किशोरिहरुको सामुहिक अन्त्यष्टि गरियो (भिडियो सहित) «

» स्वबियु सर्बोदय क्याम्पसद्वारा चौंथो बर्षका बिद्यार्थीहरुलाई बिदाई ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal