दर्ता. न‌: २४५/०६५/०६६

स्वबियु सर्बोदय क्याम्पसद्वारा चौंथो बर्षका बिद्यार्थीहरुलाई बिदाई !

०८ चैत्र २०७५, बरेङ । स्वतन्त्र बिद्यार्थी युनियन सर्बोदय क्याम्पस द्वारा चौथो बर्षका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । बरेङ गाँउपालिकाको बरेङ बजार स्थित उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा स्नातक चौथों बर्षका बिद्यार्थीहरुलाई शुभकामना एवं बिदाई कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार क्याम्पसको प्राङगणमा सम्पन्न कार्यक्रममा क्याम्पसको स्नातक प्रथम, द्वितिय र तृतिय बर्षमा अध्यानरत बिद्यार्थीहरुले चौथो बर्षका बिद्यार्थीहरुलाई फूल, माला, अबिर र मायाको चिनो सहित बिदाई गरेका थिए ।

बिदाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख फूलकुमारि शर्माले बिद्यार्थीहरुको उज्वल शैक्षिक भबिष्यका लागि क्याम्पसले सदैब पहल गरिरहेकाले अध्यानको शिलशिलामा अन्य शैक्षिक संस्थाहरुमा गएर पनि क्याम्पसको प्रतिष्ठालाई उचो राख्न बिद्यार्थीहरुलाई सुझाउनुभयो । बिदाई भएर जाने ब्याज अहिले सम्मको उत्कृष्ट ब्याज रहेको पनि प्रमुख अतिथिको शर्माको भनाई थियो ।

कार्यक्रममा रेडियो बिहानीका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल, क्याम्पसका शिक्षण सहायक ओम बहादुर पुन, बिद्यार्थीहरुको तर्फबाट तेस्रो बर्षबाट रिमा शर्मा, दोस्रो बर्षबाट बिशाल गुरुङ र प्रथम बर्षबाट मनिषा घर्तीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने चौथो बर्षका बिद्यार्थीहरुको तर्फबाट बिक्रम पौडेल, निर्मला पुन, ज्योति थापा, अनु पुन र दिल कुमारि पुनले बिदाई मन्तव्य ब्यक्त गरेका थिए । 

स्वबियु सदस्य बिक्रम पौडेल द्वारा कबिता बाचन तथा स्वबियु सचिब ज्योति थापा द्वारा गित प्रस्तुत गरिएको कार्यक्रम स्वबियु सभापति शेखर थापाको अध्यक्षता, रेनु पुनको स्वागत मन्तव्य तथा मिलन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

« बिहानी पोलिक्लिनिकमा शनिबार निशुल्क चेकजाँच तथा स्वास्थ्य शिविर हुने । «

» सदस्यको निधनमा बिहानीद्वारा शोकसभा तथा क्रियाखर्च प्रदान । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal