दर्ता. न‌: २४५/०६५/०६६

सदस्यको निधनमा बिहानीद्वारा शोकसभा तथा क्रियाखर्च प्रदान ।

०८ चैत्र २०७५, जैमिनी । बरेङ गाँउपालिकाको बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्थाले आफ्नो शेयर सदस्यको निधनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जैमिनि नगरपालिका–१०, राङखानी फलाटे निबासि शेयर सदस्य जैकला पौडेलको निधनको १३औं दिनको पुण्य तिथि पारि मृतकको घरमा शोक सभा सम्पन्न गरिएको हो ।

संस्थाका सचिब बिमल प्रसाद शर्मा र कोषाध्यक्ष पुर्ण प्रकाश शर्माको उपस्थितिमा आयोजित शोक सभामा संस्थाका प्रबन्धक शेखर थापाले सदस्यको निधन प्रति संस्थाको तर्फबाट गहिरो शोक प्रकट गर्दै मृतक प्रति श्रद्धाञ्जली तथा परिवारजनमा समबेदना प्रकट गर्नुभएको थियो ।

कार्यक्रमकै अबसर पारि सदस्यहरुको निधनमा संस्थाले प्रदान गर्दै आईरहेको क्रिया खर्च स्वरुपको ५ हजार रुपैयाँ मृतकका पति भवानी पौडेललाई हस्तान्तरण गरिएको थियो । संस्थाले सदस्यहरुको हितमा सहकार्य गर्दै बिगत १ दशकदेखि बिबिध सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

« स्वबियु सर्बोदय क्याम्पसद्वारा चौंथो बर्षका बिद्यार्थीहरुलाई बिदाई ! «

» वडा सदस्य केन्द्रले स्टेचर बाँडे । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal