वडा सदस्य केन्द्रले स्टेचर बाँडे ।
दिपेन्द्र परियार, जैदि । २३ चैत्र २०७५ । बागलुङको जैमिनी नगरपालिका वडा नं ७ जैदीका वडा सदस्य केन्द्र रसाइलीले शनिवार एक कार्यक्रमका बिच वडाका टोल टोलमा २० थान स्टेचर बितरण गरेका छन् ।
आफुले पाउने तलब भत्ताबाट जम्मा भएको रकम रु १ लाख २० हजार बराबरको रकमबाट सो सामाग्रीे वडा नं ७ जैदीका महिला स्वास्थ स्वमसेबिकाहरुलाई प्रदान गरिएको हो ।
बिकट र दुरदराजमा बस्ने आम सर्बसाधारणलाई स्वास्थ सेवामा पहुच पुर्याउने उद्देश्यले उक्त सामाग्री बितरण गरिएको रसाइलीले बताए । नेपाली काङ्ग्रेसको प्यानलबाट वडा सदस्यमा निर्बा्चित रसाइलीले आफु राज्यको जुनसुकै पदमा पुगे पनि कुनै सेवा सुबिधा जीवन भर ग्रहण नगर्ने बताएका छन ।
रसाइलीले निर्वाचनको समय आफु निर्बा्चित भएमा आफुले राज्यबाट पाउने सेवा सुबिधा बापतको रकम जनताको लागि खर्च गर्ने प्रतिबद्धता गरे अनुसार सो सामाग्री बितरण गरेका हुन । रसाइलीले यस अगाडी पनि विभिन्न चरणमा शैक्षिक सामाग्रीहरु बितरण गर्दै आएका छन ।
« सदस्यको निधनमा बिहानीद्वारा शोकसभा तथा क्रियाखर्च प्रदान । «