दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिका अन्तर वडा स्तरीय विविध खेलकुद प्रतियोगिता हुने

केशबराज क्षेत्री –बरेङ, २०७६ वैशाख ८ । 

बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । 

बरेङ गाउँपालिकाको सहयोग र युवा तथा खेलकुद विकास समितिको आयोजनामा यहि वैशाख ११ गते बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यान बागलुङमा  गाउँपालिका भित्रका वडा हरु बिच अन्तर वडा स्तरीय पुुरुष भलिबल, ब्याडमिन्टन खेल र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिताको आयोजना हुन लागेको हो ।  

गाउँपालिकामा खेलकुद विकास गर्ने, अन्तर गाउँपालिका स्तरीय खेल खेल्नका लागि सक्षम बनाउने र उत्कृष्ट खेलाडि छनोट गरी क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलमा सहभागी गराइ यस गाउँपालिकालाई खेलकुदबाट परिचित बनाउनु र युवाहरुको व्यत्तित्व विकासका लागि सहयोग पुग्ने लक्ष्य लिइएको बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक नरबहादुर वि.क ले बताएका छन् ।

बरेङ गाउँपालिका ४ सल्यानमा सञ्चालन हुने प्रतियोगिता अन्र्तगत पुरुष भलिबल तर्फ बिजेताले  नगद ३० हजार  मेडल  र प्रमाणपत्र, ब्याडमिन्टन तर्फ नगद १५ हजार मेडल र प्रमाणपत्र त्यस्तै मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता तर्फ पनि नगद १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता भने वैशाख १२ गते हुने जानकारी दिइएको छ ।

गाउँपालिकाका ५ वटा वडामा प्रत्येक वर्ष प्रत्येक वडा गरी खेल सञ्चालन गरिने छ । गत वर्ष बरेङ गाउँपालिका २ हुग्दिशिरमा भएको प्रतियोगितामा पुरुष भलिबल तर्फ हुग्दिशिर वडाले बिजेता हासिल गरेको थियो भने व्याडमिन्टन तर्फ धुल्लुबास्कोट वडाले जित हात पारेको वि.क. ले जानकारी दिए ।

« पूर्तिघाटमा प्रथम कालीगण्डकी महोत्सव हुने । «

» नन्दलाल कलावती अक्षय कोषबाट सर्वोदय क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal