नन्दलाल कलावती अक्षय कोषबाट सर्वोदय क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति ।
केशबराज क्षेत्री, बरेङ । १५ वैशाख २०७६ । नन्दलाल कलावती छात्रवृत्ति प्रतिष्ठानद्धारा सर्वोदय क्याम्पस बरेङ बागलुङमा सञ्चालित अक्षय कोषबाट स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम प्रदान गरिएको छ ।
प्रतिष्ठानका संस्थापक संयोजक हेमराज आचार्यको प्रमुख आतिथ्यतामा आइतबार सर्वोदय क्याम्पस बरेङमा छात्रवृत्रि वितरण गरिएको हो । कार्यक्रममा बोल्दै आचार्यले आफ्नो आमा र बाबाको सम्झनामा २०७२ जेठ मा स्थापित अक्षय कोष शैक्षिक क्षेत्रमा टेवा पुग्ने र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक खर्च प्रदान गर्ने उद्देश्यले खडा गरिएको बताए । पैसा कमाएर मात्र ठूलो मान्छे नबन्ने र कमाएको पैसालाई सामाजिक कार्यमा पनि सहयोग गरी समाजसेवी हुनुपर्ने धारण राख्दै धनी बन्नुको अर्थ आफूले पैसा कुम्ल्याउनु मात्र होइन भन्ने प्रेरणादायक भनाई राखेका थिए ।
त्यस्तै सकारात्मक सोचबाट प्रगतिको सुरुवात हुने कुनै जाति, धर्म, वणर्, लिङग नसोची अझै थप सहयोग गर्न पछि नपर्ने धारण ब्यक्त गरे । आचार्यले विद्यार्थीहरुलाई समेत अगाडि बढ्नको लागि नलजाइकन, हार नखाएर, आफूले आफँैले उठाउनुपर्छ, धनदौलतले मात्र सुख दिदैँन ,म गर्छु भन्ने हेतु हुनुपर्छ भन्ने सन्देश दिएका थिए ।
नन्दलाल कलावती छात्रवृत्ति प्रतिष्ठान अक्षय कोषबाट छात्रवृत्ति स्वरुप स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा रेनु पुन लाई नगद १६ हजार, द्धितीय वर्षमा अध्ययनरत छात्रा फुलमाया थापालाई नगद १६ हजार ५ सय र अमृता थापालाई पनि नगद १६ हजार ५ सय रकम वितरण गरेको हो ।
त्यसै गरी नन्दलाल कलावती छात्रवृत्ति प्रतिष्ठानले सञ्चालक समिति पनि गठन गरेको छ । जसको संयोजकमा हेमराज आचार्य सदस्य सचिवमा फुलकुमारी शर्मा अन्य सदस्यहरुमा कृष्णप्रसाद शर्मा, रुपनारायण शर्मा र प्रेम प्रसाद पौडेल चयन भएका छन् ।
सोही अवसरमा क्याम्पसले पढाईमा लगनशिल विद्यार्थी स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्र विशाल गुरुङलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारले सम्मान गरेको थियो ।
समाजसेवी तथा बुद्धिजीवीहरुको समेत उपस्थितिको रहेको कार्यक्रम भृकुटी माविका प्रअ तथा क्याम्पस सञ्चालक समितिका सल्लाहकार रुपनारायण शर्माको स्वागत मन्तव्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष हिराबहादुर घर्तिको अध्यक्षता र आशिंक शिक्षण सहायक केशबराज क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
« बरेङ गाउँपालिका अन्तर वडा स्तरीय विविध खेलकुद प्रतियोगिता हुने «