हुग्दिशिरकाे सक्नेरीमा एक घर जलेर नष्ट ।
केशवराज क्षेत्री, हुग्दिशिर ।१८ वैशाख २०७६ । बाग्लुङको बरेङ गा.पा २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब २ बजे स्थानीय रन बहादुर पुनको खरको घरमा आगलागी भएको हो ।
छिमेकी ६ वर्षको बालकले पुनको घरमा झुन्डाइएको मकैको पोस्करमा लाइटर पार्दा आगलागी भएको थियो ।
आगलागीबाट मानवीय क्षति नभएतापनी लत्ताकपडा, अन्नबाली, दारपात जल्दा करिब ३ लाख ६० हजार बराबरको क्षति भएको छ । स्थानीय युवा तथा महिलाहरुको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । पानीको अभावका कारण आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो ।
« नन्दलाल कलावती अक्षय कोषबाट सर्वोदय क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति । «
» सिफारिस बिना निर्माण कार्य अघि बढाइएकोमा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्षद्धारा विज्ञप्ति »