लुग्रुङ मा पहिरोको बितण्ड ,एक नाबालिका सहित तीन को मृत्यु
शेखर / दिपेन्द्र १२ असार २०७५ लुग्रुङ । सोमबार राती परेको अविरल वर्षाको कारण बरेङ गापा वडा न १ लुरुङमा ३ मानबिय सहित लाखौंको क्षति पुगेको छ । वर्ष का कारण लुग्रुङमाखसेको पहिरोले एकै घरका ३जनाको घटना स्थलमा मृत्यु हुनुका साथै कैयौं पशूचौपाया घर गोठ र सडक मा क्षति पुगेको छ।
सोमबार राती १२ः३० बजे पछि अन्दाजी २०० मिटर माथी बाट खसेको पहिरोमा पुरिएर सोही स्थान का एकै घरका वर्ष ४० का बिस्नु बहादुर क्षेत्री वर्ष ३५ कि बिस्नु क्षेत्री र ३महिना कि सोनिया क्षेत्री को मृत्युु भएको छ भने निजको घर गोठ मा पुर्ण क्षति भएको छ ।
स्थानीय थुमराज ढुंगानाका अनुसार घटना रातिनै थाहा भएपनी अबिरल वर्षा र पहिरो का कारण घटना भएको ९ घन्टा पछि मात्रै बिहान उद्दार गरिएको बताए मृतकका दुई छोरी भने पढाई का सिलसिलामा बाहिर रहेको ले सकुसल रहेका छन ।यो सहित कैयौं को घर तथा गोठ हरुमा लाखौं को क्षति पुगेको छ । अहिले घटनास्थल्मा बरेङ गाउँ पालिका का अध्यक्ष किस्न प्रसाद शर्मा, १न वार्ड अध्यक्ष नर्सिङ पुन प्रहरी र स्थानीय सहित को टोलि उद्दार मा खटिएको छ र अनेत्र स्थान मा पनि कैयौं क्षति पुगेको हुदा सजग रहन र उद्दार मा खटिन अध्यक्ष शर्माले सबैमा अनुरोध गर्नु भएको छ ।
« बादर फदाल्ने भिर नगरपालिका ः राजमो अध्यक्ष केसी «
» हुग्दिशिरमा जनगुनासो बढ्यो ः क्षतिको अनुगमन र राहतको पहल भएन »