बरेङमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सार्बजनिक सुनुवाई, अस्थिर ब्युरोक्रेसीका कारण पुर्ननिर्माणमा ढिलाई ः प्रमुख अतिथि ढुङगाना ।
३० बैशाख २०७५, बरेङ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई ( अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार ) बागलुङले बरेङमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय तहका सरोकार वालाहरु संग सार्बजनिक तथा निजि आवास पुनर्निमाण कार्यको गुनासो संबन्धी अन्र्तकृया तथा सार्बजनिक सुनुवाई कार्यक्रम आज बरेङ बजारमा सम्पन्न भएको हो ।
लाभग्राही, समाजसेवी, पत्रकार, बुद्धिजिबी तथा जनप्रतिनिधि लगायत करिब सय जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा पिडित तथा सहभागिहरुले भुकम्प पछिको जनधनको क्षति तथा त्यसले सार्बजनिक तथा नीजि भौतिक संरचनाहरुमा निम्त्याएको क्षति पुर्ननिमाणको बिषयमा बिबिध प्रश्न तथा जिज्ञासाहरु राखेका थिए भने प्राधिकरणका आयोजना प्रमुख रामाशिष साह, सहरी बिकासका फोकल प्रशन सन्देश केसी, कोलेनिका प्रमुख केशबराज ढकाल, जिल्ला समन्वय अधिकारि कृष्णराज गौतम, प्राधिकरणका नासु चुर्ण बहादुर कार्की, बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष दिल कुमारि पुन लगायतले जवाफ तथा जिज्ञासा मेटाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले पुर्ननिर्माणको बजेट दातृ राष्ट्रहरुको सहयोगमा आएकाले प्रकृयामा अलि झन्झट हुने भएपनि मापदण्ड पुरा गरेर पुर्ननिर्माण बापतको रकमको सम्पुर्ण किस्ता लिन लाभग्रहीलाई आग्रह गरे । प्रमुख ढुङगानाले कर्मचारि तन्त्रको अस्थीरताले पनि पुनर्निमाण लगायत सम्पुर्ण बिकासका काममा अबरोध भैरहेको र दिगो बिकासका लागि सो समस्याको समेत समाधान गरिनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका उप प्रमुख बिष्णु प्रसाद भुसालले संरचना निर्माण गर्दा गुणस्तरमा जोड दिनु दिईनुपर्ने जसले गर्दा आगामी प्रकृतिक प्रकोप तथा बिपतमा ढुक्क हुन सकिने बताए । सरकारको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न टुक्रे योजना भन्दा पनि देखिने खालका योजना ल्याउन तथा सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई भुषलको सुझाब छ ।
कार्यक्रम बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, जिल्ला आयोजना कार्यन्वयन ईकाई भवनका पमुख सन्देश केसीको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य शेखर थापा र प्राधिकरणका नासु चुर्ण बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
« सिफारिस बिना निर्माण कार्य अघि बढाइएकोमा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्षद्धारा विज्ञप्ति «
» पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम बरेङमा सम्पन्न । »