दर्ता. न‌: २४५/०६५/०६६

पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम बरेङमा सम्पन्न ।

दिपेन्द्र परियार, बरेङ । ३० बैशाख २०७५ । हुग्दीसीर स्वास्थ्य चौकीमा पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । बरेङ गाउपालिका स्तरिय कार्यरक्रम अन्र्तगत बरेङ गाँउपालिकाको बरेङ बजार स्थित हुग्दीसीर स्वास्थ्य चौकीमा सोमबार कार्यक्रम सम्पन्न भएको हो । 

पुर्ण खोप दिगोपनाको प्रमाणीकरण तथा खोप सम्बन्धी ऐन नियमबारे जानकारी दिने उद्धेश्यले कार्यक्रम को आयोजना गरिएको बरेङ गाउपालिका स्वाश्थ्य प्रमुख पदम बहादुर पुनले बताए ।

जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वास्थ्य कार्यलय वाग्लुङका बरिष्ठ जनस्वास्थ्य प्रसाषक दिपक प्रसाद तिवारीले बिषय बस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

बरेङ गाउपालिका का ५ वटै वडा का वाड अध्यक्षहरु, स्वास्थ्यचौकी प्रमुखहरु, गाउपालिका भित्रका माध्यमिक बिध्यालयका प्रधानध्यापक, स्रोत ब्यक्ती, जनप्रतिनिधी, सुरक्षा निकाय सहित अन्य सरोकारवाला लगायत ४३ जना को उपश्थिति रहेको थियो ।  

कार्यक्रम बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, वरेङ गाउपालिकाको सामाजिक विकाश समितीका संयोजक नर बहादुर बिकको स्वागत तथा बरेङ गाउपालिकाका स्वास्थ्य संयोजक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । 

« बरेङमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सार्बजनिक सुनुवाई, अस्थिर ब्युरोक्रेसीका कारण पुर्ननिर्माणमा ढिलाई ः प्रमुख अतिथि ढुङगाना । «

» दश दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal