दश दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न ।
०१ जेष्ठ २०७६, सिग्दी । सिग्दी होमस्टेमा सञ्चालित १० दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय बागलुङ द्वारा आयोजित तालिमको आज समापन गरिएको हो ।
“सिप सिकौ आत्मनिर्भर बनौं” भन्ने मुल नाराकासाथ १० दिन सम्म सञ्चालित होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिममा बिभिन्न होमस्टे सञ्चालक तथा प्रतिनिधिहरुलाई घरबास व्यवस्थापन तथा कुकिङ संबन्धी बिभिन्न सिपहरु सिकाईएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले महिलाहरु अत्मनिर्भर बन्न सके महिला हिंसा तथा महिला माथिको दमन अन्त्य हुने बताए । परनिर्भर हुंदा दमित महिलाहरुलाई होमस्टेले अत्मनिर्भर बन्न सघाउ पु¥याउने तथा उनिहरुमाथिको शोषण अन्त्य हुने शर्माको भनाई छ ।
कार्यक्रममा बिशिष्ट अतिथि बरेङ गाँउपालिकाकी उपाध्यक्ष डिल कुमारि पुन, बरेङ गाँउपालिकाका स्वास्थ्य संयोजक पदम बहादुर पुन, घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय बागलुङका नासु राज कुमार श्रेष्ठ, रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्याल, बिहानी बहुद्धेश्यीय सहकारी संस्थाका प्रबन्धक शेखर थापा, प्रशिक्षक यम बहादुर थापा, प्रशिक्षर्थीहरुको तर्फबाट ज्योति काउचा लगायतले बोलेका थिए ।
केहर सिंह पुनको अध्यक्षता र मिन बहादुर पुनको स्वागत रहेको कार्यक्रम हिरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
« पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम बरेङमा सम्पन्न । «
» दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाद्वारा बिपन्न दलितहरुलाई बाख्रा बितरण । »