दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाद्वारा बिपन्न दलितहरुलाई बाख्रा बितरण ।
दिपेन्द्र परियार, धुल्लुबाँस्कोट । ०२ जेष्ठ २०७६ । दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाले गाउपालिकाको वडा न १ धुल्लुबास्कोटमा बिपन्न दलितहरुलाई बाख्रा बितरण गरेको छ । समितिले बिपन्न १७ घरपरिवारलाई स्थानिय खरी जातका १÷१ वटा बाख्रा बिहिबार वितरण गरेको हो ।
बरेङ गाँउपालिकाले दलित लक्षितबर्गलाई छुट्टाएको बजेट अन्तर्गत बरेङ गाउपालिका दलितबर्ग उत्थान समितीको आयोजनामा रु ८३ हजार रुपैयाको लागतमा उक्त बाख्रा बितरण गरिएको समितीका संयोजक देब बहादुर सुनारले वताए ।
आर्थिक अबस्था अत्यन्तै न्युन भएका एकल तथा बिपन्न दलित महिलाहरुलाई मुख्य प्राथमीकतामा राखेर उनिहरुको जिबिकोपार्जनमा सहजता ल्याउने उद्देस्यले उक्त कार्यक्रमको आयोजना गरिएको बरेङ गाउपालिका कार्य समीती सदस्य तथा वडा न १ की दलित महिला सदस्य गङगा क्षेत्री सुनारले बताइन ।
बितरण कार्यक्रममा बोल्दै बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले समुदायमा बसोबास गर्ने बिभिन्न जातजातिहरु मध्ये दलित समुदाय सबै भन्दा पछाडी परेको भन्दै कतिपय अबश्थामा स्वंय दलित समुदाय आफै सचेत नहुदा उनिहरुले पाउनुपर्ने हक अधिकार बाट बञ्चित हुनुपरेको भन्दै सचेत रहन सुझाए । गाँउ गाँउमा अझैपनी दलित समुदाय माथि बिभेद कायम रहेको भन्दै दलितहरुले पनि आफ्ना वानि ब्यबाहार मा परिवर्तन गर्नुपर्ने शर्माको भनाई छ ।
कसैलाई एक छाक माछा खुवाउनु भन्दा माछामार्न सिकाउनु पर्छ भन्ने उदाहरण दिदै शर्माले बाख्रा वितरणले खास दलितका समस्याहरु समाधान नहुने भन्दै उनिहरुको सोचमा परिवर्तन ल्याउने खालका चेतनामुलक कार्यक्रम ल्याउन आयोजकलाई सुझाब समेत दिए ।
त्यस्तै दलित वर्ग उत्थान समितीका संयोजक देब बहादुर सुनारले वडावासी दलित समुदायको अत्यधिक माग अनुसार बाख्रा बितरण कार्यक्रम ल्याइएको बताए । आगामी आर्थिकबर्षहरुमा चेतनामुलक कार्यक्रम लिएर दलितका घरदैलोमा जाने सुनारको भनाई छ ।
आफ्नो घरदैलोमा आएर निशुल्क बाख्रा प्रदान गरेको र यसले आफ्नो घरखर्च चलाउन निकै सजिलो हुने अपेक्षा लिएको भन्दै लाभग्राहि खिमा सुनारले दलित वर्ग उत्थान समिती र बरेङ गाउपालिका प्रति बिशेष धन्यबाद ब्यक्त गरिन । अर्का लाभ ग्राहि कल्पना परियारले बर्षौ देखिको बाख्रा पाल्ने चाहना दलित बर्ग उत्थान समितीले पुरागरिदीएको र यसबाट हुने मुनाफाले भाइबैनि हरुलाई शैक्षिक सामाग्री किन्न सहजहुने अपेक्षा लिएको बताइन । बाख्रा बितरण गोलापोला मार्फत गरिएको थियो सबैभन्दा सानो बाख्रा पर्ने एक जनालाई रु १ हजार साथै अन्य ९ जनालाई बाख्रा को साथमा रु ५ सय रुपैयाका दरले रकम समेत प्रदान गरिएको छ ।
बरेङ गाउपालिका दलितबर्ग उत्थान समिती वडा १ का अध्यक्ष नर वहादुर परियारको अध्यक्षता, बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतित्थ्यता, बरेङ गाउकार्यपालिकाका सदस्य तथा दलितबर्ग उत्थान समितिका संयोजक देब बहादुर सुनारको विशिष्ठ आतित्थ्यता, बरेङ गाउकार्यपालिकाका सदस्य तथा वडा न १ कि दलित महिला सदस्य गङगा क्षेत्री सुनार, बरेङ गाउपालिका वडा न १ का वडा सदस्य छत्र बहादुर थापा, बरेङ गाउपालिका वडा न १ का वडा महिला सदस्य बिस्नुमया मगर्नि, रेडियो बिहानि का स्टेशन कोअर्डिनेटर प्रकाश छन्तेल, लगाएतको आतित्थ्यता रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मि दिपेन्द्र परियारले गरेका थिए ।
लाभान्वीत हरुमा मेनुका विटालु, धनकुमारी बि क, खिमा सुनार, मिना परियार, मीन कुमारी वि क सार्कि, टेक बहादुर सार्कि, बिष्नु कुमारी सार्कि, वल बहादुर सार्कि, नरमया बि क, विष्नु बि क, दिल बहादुर कामी, कल्पना परियार, खिर कुमारी परियार, माया सार्कि, नन्दकली दर्जी, नन्दकली नेपाली, खिमा सुनार रहेका छन ।
समितीले यस अघी वरेङ गाउपालिकाको वडान २ हुग्दीसीरका आरन ब्यबसाय गर्दै आएका ५ जना लाई हाते पङखा आरन १ थान, हाते घन १ थान रेट र आर्थिक अबस्था कमजोर भएका साथै बिपन्न एकल महिला दलित समुुदायका बिद्यार्थि हरुलाइ रु १५ सय का दरले छात्रावृति बितरण गरिसकेको छ । बाँकी ३ वटा वडाहरुमा पनि छिट्टै बिभीन्न कार्यक्रम लिएर जाने संयोजक सुनारले वताए ।
« दश दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न । «
» तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरणका लागि विद्यार्थीलाई तालिम »