दर्ता. न‌: २४५/०६५/०६६

तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरणका लागि विद्यार्थीलाई तालिम

केशबराज क्षेत्री, बरेङ बागलुङ, १९ जेठ २०७६  ।  बागलुङको स्थानिय बरेङ गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुका लागि आयोजित तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम  आइतबार सल्यान सुखौरा मा.वि सल्यानबाट सुरुवात भएको छ । 

पछिल्लो समय युवा पुस्ताहरुले जाँडरक्सी, सुर्ती, चुरोट सेवनका कारण समाजमा नकारात्मक असर पर्नुका साथै अल्पआयुमै मृत्यु हुने सम्भावना बढी रहेको छ । अर्कोतिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तयार गरेर खाने भन्दा पनि जङगफुडजन्य खानेकुरा खान अत्यन्तै रुचि राख्छन्  ति खानेकुराले उनीहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ । त्यसैले पोषण तथा प्रोटिन र पौष्टिक आहारको कमी भएको पाइन्छ त्यस्तै किशोरीहरु आफ्नो महिनावारीको बारेमा खुलेर भन्न लजाउने, डराएको कारण समाजमा उनीहरु पछाडि परिरहेका छन् यिनै कुराहरुको समाधान गर्ने उद्देश्यका साथ बरेङ गाउँपालिका कार्यालयको आयोजनामा विद्यार्थीहरुलाई  सजग, सचेत र सन्त्रास हटाउन उनीहरुबाट नै समाज बदल्नको लागि अग्रसर  गराउन तालिमको आयोजना गरिएको बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताए ।

कक्षा ८,९ र १० का गरी जम्मा ३८ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिममा सोही विद्यालयमा अध्ययनरत  किशोरीहरुको लागि मात्र किशोरी प्रजनन स्वास्थ्य शिक्षाका बारेमा पनि बताइएको थियो । बरेङ गाउँपालिकाका सबै वडा भित्रका सबै माविमा यस्तो कार्यक्रम हुने छ ।  सोमबार बरेङ गाउँपालिका वडा नम्बर ५ महेन्द्र मा.वि सुखौरामा तालिम हुने स्वास्थ्य प्रमुख पुनले बताएका छन् ।

तालिम बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुन, सुआहारा कार्यक्रमको हेल्थ सुपरभाइजर हरिमाया थापा, इलाका प्रहरी कार्यालय बरेङका प्रहरी सहायक निरीक्षक विनोद पुडासैनी ले सहजीकरण गरेका हुन् भने तालिमको सुरुवात सल्यान सुखौरा मा.वि का प्रध्यानाध्यापक दुर्गा प्रसाद शर्माले गरेका थिए ।

« दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाद्वारा बिपन्न दलितहरुलाई बाख्रा बितरण । «

» बरेङ गापाद्वारा बाटाकाचौरमा सार्बजनिक सुनुवाई । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal